आदीवासी जनाजति नेता राजकुमार लेखीले संविधान नबनाउने र थारुहरुलाई अधिकार विमुख बनाउने षड्यन्त्र भइरहेको भन्दै छैठ लगत्तै दोश्रो थारु आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ । उहाँले तराईमा एक वा दुई प्रदेश मात्र बनाउन खोजिएको भन्दै त्यस्तो हुनु थारुहरुको छातिमा गोली ठोक्नु सरह भएको बतानुभयो ।
थारु कल्याणकारिणी सभा सुनसरीको सातौ महाधिवेशनमा सहभागी हुने क्रममा आज इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै नेता लेखीले तराईमा एक वा दुई प्रदेश मात्र बनाउन खोज्नु थारुहरुलाई अधिकार विमुख गर्ने षड्यन्त्र भएको बताउनुभयो । यस्ता षड्यन्त्र अब हेरेर मात्र बस्न नसक्ने भन्दै उहाले दोश्रो थारु आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
अहिलेको दोश्रो संविधानसभाले पनि समयमा संविधान बनाउन नसक्ने भन्दै उहाले संविधानसभा कठपुतलीहरुको जमात भएको आरोप लगाउनुभयो । सभाषदहरुले संविधानसभामा आफ्नो विवेक प्रयोग गर्न नपाइरहेको उहाको भनाई थियो । उहाँले सभाषदहरु सास बिनाको जिउदा लास भएको टिप्पणी गर्नुभएको छ ।
अहिले संविधानसभा भित्र र बाहिरका आदीबासीहरुलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले मतियार बनाउन खोजीरहेको र संविधान बन्न नदिन षड्यन्त्र गरीरहेको उहाँको भनाई थियो । नेता लेखीले संविधानलाई निकम्बा हुन नदिन पनि थारुहरुले आन्दोलन गर्न लागेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्र र दाताहरुले नेपालमा जातिय हिंसा भड्काउन तथा आदीबासी आन्दोलनलाई समेत किन्न खोजिरहेको भन्दै नेता लेखीले आफ्नो नेतृत्व हुदा समेत सोहि प्रयास भएकाले आफूले २२ र १२ करोड फिर्ता गरेको बताउनुभयो । तर अहिले पनि आदीबासी नेताहरु दाताको पैसामा बिकिरहेको उहाको आरोप थियो ।
यस्तै थारु कल्याणकारीणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले थारुहट राज्य कुनै पनि हालतमा हुनुपर्ने बताउनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै चौधरीले संघियता विरुद्ध भ्रम छर्ने काम भइरहेको बताउनुभयो ।
इटहरीमा भइरहेको जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ । अधिवेशनको उद्घाटन सत्रमा आदीबासी थारुहरु आफ्ना जातिय पोषाकमा सजिएर आएको थिए । यसैबित्र, थारु कल्याणकारिणी सभाको २१ औं राष्ट्रिय माहाधिवेशन समेत अउदो असोज २९ गते झापाको विर्तामोडमा हुने भएको छ ।।
गृहपृष्ठ » News » तराईमा एक प्रदेश थारुको छातिमा गोली बराबर : लेखी
तराईमा एक प्रदेश थारुको छातिमा गोली बराबर : लेखी
Posted by Itahari Fm | २०७१ भदौ २७ | २४९ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




