गृहपृष्ठ » News » कसले कसले जिते प्रेस युनियनमा, मत सहित

कसले कसले जिते प्रेस युनियनमा, मत सहित

 Posted by Itahari Fm | २०७१ भदौ २४ | ४४१ पटक

नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित  हुुनुभएको  छ । युनियनको पोखरामा सोमबार सम्पन्न आठौँ महाधिवेशनमा ६४२ मत ल्याई सिग्देल  विजयी हुनुभएको हो । गएराति अबेर सम्पन्न मतगणनाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी शिव लम्सालले ४४४ मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्याशी भुवन भट्टले ६९ मत प्राप्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले २०५ मत प्राप्त गर्नुभयो । खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा ५७२, रमेश पौडेल ३९३, महिला उपाध्यक्षमा बाला अधिकारी (निर्विरोध) र समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई ६२६ मत ल्याई विजयी हुनुभएको छ ।
महासचिवमा ६६२ मत प्राप्त गरी अजयबाबु सिवाकोटी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी होमप्रसाद लम्सालले ४१६ मत प्राप्त गर्नुभयो । उपमहासचिवमा प्रेम केसीले ७८२ र भीष्मराज ओझाले ५८५ मत प्राप्त गरी विजयी हुनुभयो । महिला उपमहासचिवमा सलोजा दाहाल निर्विरोध निर्वाचित हुनुभयो ।
सचिवतर्फ खुल्लामा खिला कार्की ४१० र सूर्यकुमार क्षेत्री ३९९, महिलामा दीपा आले (निर्विरोध) तथा समावेशीमा ६५७ मत प्राप्त गरी केबी राना विजयी हुनुभयो ।
मत परिणामअनुसार ७०४ मत ल्याई सरोज अधिकारी कोषाध्यक्षमा निर्वाचित हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी भीमप्रसाद गौतमले ४०५ मत प्राप्त गर्नुभयो ।
क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे ६३१, मध्यमाञ्चलमा राममणि दाहाल ६३६, पश्चिमाञ्चलमा प्रदीप काफ्ले ३३६, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा ३०५, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी ४२५ र बागमतीमा रमेश खतिवडा ५६० मत प्राप्त गरी विजयी हुनुभयो ।
विजयी हुने खुल्ला केन्द्रीय सदस्यमा राजाराम कार्की ४७६, वसन्त पराजुली ५०२, माधव धिताल ४५७, दिलीप पौडेल ५९१, ऋषिकान्त पौडेल ४१२, भुवन शर्मा ४७०, युवराज रेग्मी ३२९, जयसिंह केसी ३३१, शिवराज योगी ३७९, रमेश वाग्ले ३९०, युवराज गौतम ३५२, सुलोचना गौतम ५५९, कल्पना शर्मा ५५६ र प्रकाश अधिकारी ३४८ मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य दलितमा  हीरालाल विश्वकर्मा ४७३ र टेकबहादुर सार्की ५३४, मधेसीमा विजय कुशवाह ४९३, रामबाबु यादव २८७ र अवधेश झा ४०३, आदिवासी जनजातिमा सुरेशकुमार श्रेष्ठ ४३०, चन्द्रकला राई ६७८ र पवन श्रेष्ठ ३७५, महिलामा सृजना अर्याल ५४९, सुरक्षा रेग्मी ४६८ र दिलीपाश्री अधिकारी ४१०, अपाङ्गमा माधवप्रसाद चौलागार्इं (निर्विरोध), अल्पसङ्ख्यक लीलाबहादुर सुनार ५२७, पिछडिएको क्षेत्र दयाराम पण्डित (निर्विरोध) र प्रतिष्ठानमा ठाकुर बेल्वासे ४१ मत ल्याई विजयी हुुनुभएको छ ।
अञ्चल संयोजकमा मेची गोविन्दचन्द्र क्षेत्री २५, कोसी उद्धव तिमिल्सना ६१, सगरमाथा नवीन राई ३२, जनकपुर रोशन न्यौपाने (निर्विरोध), बागमती मुरारी अधिकारी ७०, नारायणी सञ्जय कार्की (निर्विरोध) लुम्बिनी माधव अर्याल २८, गण्डकी टङ्क अधिकारी (निर्विरोध) धौलागिरि ज्ञानेन्द्र गौतम) राप्ती केपी घिमिरे (निर्विरोध), भेरी राजेन्द्रबहादुर कार्की ५९, कर्णाली खेगन्द्र भट्टराई १०, सेती जगत सावन्त २९, महाकाली हरिश भट्ट २० र उपत्यका निरज खतिवडा ६२ मत ल्याई विजयी हुनु भएको छ । युनियनको सो आठौँ महाधिवेशनमा देशभरका एक हजार २८५ केन्द्रीय पार्षद् सहभागी थिए । कुल मतमध्ये ९५० मत खसेको थियो ।1 2 3 4


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook