लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि पोखरामा जारी महाधिवेशनमा अहिले मतगणना भइरहेको छ । ७१ सदस्यीय कार्यसमीतीका लागि एक सय ४८ जनाको उमेदवारी परेपछि हिजो राती अबेरसम्म मतदान भएको थियो । अहिले सचिव भन्दा माथिल्लो पदको मतगणना भइरहेको निर्वाचन समीतीले जानकारी दिएको छ ।
पोखरामा जारी महाधिवेशनमा अध्यक्षका लागि वर्तमान कार्यबाहक अध्यक्ष वद्रि सिग्देल, महासचिव शिवप्रसाद लम्साल र सचिव भुवन भटट प्रतिस्पर्धामा छन् । एक जना बरिष्ठ उपाध्यक्षका लागि दिपक आचार्य, सन्तोष न्यौपाने, इन्द्र रिजाल र प्रकाशचन्द्र परियार चुनावी मैदानमा छन् ।
एक महासचिवका लागि जयप्रकाश गुप्ता, अजयबाबु शिवाकोटी, होमप्रसाद लम्साल वीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्ष खुलातर्फ दुई जनाका लागि इश्वरी ओझा, हेमराज बराल, भक्तबहादुर थापा, सन्तोष सुवेदी, लिलाराज खनाल र रमेश पौडेलबिच प्रतिस्पर्धा भएको छ ।
उपाध्यक्ष समावेशीतर्फ एक जनाको लागि रितेश त्रिपाठी, विजयसन्तोषी राई, दिपेन्द्र चौहान र उपमहासचिवमा खुर्लातर्फ दुई जनाका लागि प्रेम केसी, भिष्मराज ओझा, विमल ज्ञवाली र सुरेशराज जोशी प्रतिस्पर्धामा छन् । सचिव समावेशीतर्फ एक जनाका लागि श्रिनारायण शाह, नरेन्द्र मानन्धर, रामानन्द गुप्ता, प्रविण शाह, केवि राना र सचिव खुल्लातर्फ दुई जनाको लागि खिला कार्की, सूर्यकुमारी क्षेत्री, डम्बर अधिकारी, रामेश्वर सापकोटा, सोमनाथ सुवेदी, शिव देवकोटा, भुमिराज आचार्य, छायाचन्द्र भण्डारी र कलेन्द्र सैजुवालको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सरोज अधिकारी र मेनुका आचार्य मैदानमा छन् ।
एक जना पूर्वाञ्चल क्षेत्रीय संयोजकका लागि सुनसरीका चेतन धमला र मोरंगका लिलावल्भव घिमिरेबिच प्रतिस्पर्धा छ । यस्तै कोशी अञ्चल संयोजकमा सुनसरीका हेमराज दाहाल र तेह्रथुमका उद्धव तिम्सीनाबिच प्रतिस्पर्धा रहेको छ ।
खुर्लातर्फ १५ जना केन्द्रिय सदस्यका लागि ३४ जनाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्ष बाला अधिकारी, महिला उपमहासचिव सलोजा दाहाल, महिला सचिवमा दिपा आले, केन्द्रिय सदस्य अपाङगतर्फ माधवप्रसाद चर्लागाई, केन्द्रिय सदस्य पिछडीएको क्षेत्रतर्फ दयाराम पण्डित भने निर्विरोध भएका छन् ।
त्यसैगरी, गण्डकी अञ्चल संयोजकमा टंक अधिकारी, नारायणी संयोजकमा सञ्जय कार्की, राप्ति अञ्चल संयोजकमा केपि घिमिरे, द्यौलागिरी संयोजकमा ज्ञानेन्द्र गौतम निर्विरोध निर्वाचित भएका छन् ।।






