गृहपृष्ठ » News » ब्लक पुलिसिङको तयारी अन्तिम चरणमा

ब्लक पुलिसिङको तयारी अन्तिम चरणमा

 Posted by Itahari Fm | २०७१ भदौ १७ | २६० पटक

देशभरकै नमुना शहरका रुपमा इटहरीमा ब्लक पुलिसिङको अभ्यास थालेको प्रहरीले तयारी अन्तिम चरणमा पुर्याएको छ । घरघर पुगेर सुरक्षात्मक दृष्टिकोणको डाटा संकलन अन्तिम चरणमा पुर्याएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
इटहरीका प्रत्येक घरघर पुगेर डाटा संकलन गरिरहेको प्रहरीले अब करिब एक हजार मात्र डाटा संकलन बाँकी रहेको जनाएको छ । डाटा संकलन लगत्तै प्रहरीले ब्लक अनुसार प्रहरी परिचालन गरि सुरक्षा मजबुद पार्नुका साथै इटहरीका हरेक कुना काच्पामा हुने अपराधलाई सुन्यमा झार्ने योजना छ । प्रहरीले इटहरीका सबै वडालाई ४५ ब्लकमा विभाजन गरि प्रत्येक ब्लकमा दुई जना प्रहरीद्धारा सुरक्षा प्रदान गर्ने जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद शर्मामा अनुसार प्रत्येक ब्लकमा एक सय वटा घरहरु पर्ने छन् ।
यसअघि गत साउन २ गते पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी नवराज सिलवालले ब्लक पुलिसिङ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा इटहरीका हजारौ जनताले समेत प्रहरीको कार्यक्रमलाई चासोका साथ हेरेका थिए ।
प्रहरीले ब्लक पुलिसिङ उद्घाटन भएयता डाटा संकलनको काम मात्र गर्दै आएको छ । हालसम्म १३ हजारको हाराहारीमा डाटा संकलन भइसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook