गृहपृष्ठ » अर्थतन्त्र » अढाई लाखको काले भाले ??

अढाई लाखको काले भाले ??

 Posted by Itahari Fm | २०७१ भदौ १६ | १०७८ पटक

एउटा कुखुराको मुल्य कति पर्ला ? पाँच सय, एक हजार बढीमा दुई हजार । तर यो संसारमा यस्ता पनि भाग्यमानी कुखुरा छन्, जो अढाई लाखसम्ममा बिक्रि हुन पाउछन् ।
यो आयम सिमौनी जातको कुखुरा विश्वकै दुर्लभको प्रजाति हो । यसको मासुको माग विश्वमा उच्च रहेको बताईएको छ । र यसको मूल्य यति महंगो हुनुको पछाडि अर्को पनि कारण छ, यसको मासु समेत अनौठो हुन्छ । यो कुखुराको मासु कालो हुन्छ, जुन अन्यको भन्दा फरक छ । यस्तो मासुमा लवण, फलामको मात्रा बढी हुने गरेको चिकित्सकले बताएका छन् ।
ayam2पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको थियो भने सन् १९९८ मा यो जातको Cemaniकुखुराको ब्रिडलाई नेदरल्याण्डको एक प्रजनन कम्पनीले युरोपमा ल्यायो ।
निकै अलग पहिचानको कारण यो कुखुराको माग उच्च भएको हो । सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा सिमानी जातको कुखुरा २५ सय अमेरिकी डलर अर्थात् झण्डै अढाइ लाख रुपैयाँमा बिक्रि भएको थियो ।
मासु तथा सरीरको बाहिरी भाग मात्र होइन यो कुखुराको बोन म्यारो समेत कालो छ । तर यसको रगत भने कालो नभै रातो छ । तर निकै गाढा रातो । यस्तो कालो मासु हुने कुरालाई वैज्ञानिक भाषामा फाइब्रोमेलानोसिस भनिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook