उर्जामन्त्री राधा ज्ञावालीले महिलाहरुलाई आफ्नो गर–गहना उर्जा क्षेत्रको विकासमा लगानी गर्न आब्हान गरेकी छिन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको तिज विशेष साक्षात्कारमा उनले तिजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी गर्नु भन्दा त्यसलाई महिलाहरुले शहकारी मार्फत लगानी गरेर जलविद्युतको विकास गर्नु पर्ने धारणा राखिन । मन्त्री ज्ञवालीले महिलाहरु सस्कृति, परम्परा जोगाउने नाममा धार्मिक जालोमा परेको भन्दै तिजलाई महिला अधिकार, मुलुकको विकास र समानताकोलागि प्रयोग गर्न सुझाव दिईन ।
महिला बालवालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तिजलाई मोजमस्ती गर्ने भन्दा पनि समाज परिवर्तनको लागि प्रयोग गर्न सुझाव दिदै तिजमा खर्च गर्ने रकम बाढी पहिरो पीडित महिला तथा बालबालिकाको उद्दारमा खर्च गर्न आब्हान गरिन ।
गृहपृष्ठ » अर्थतन्त्र » गहना बेचेर उर्जामा लगानी गरौ
गहना बेचेर उर्जामा लगानी गरौ
Posted by Itahari Fm | २०७१ भदौ ११ | ३९० पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




