गृहपृष्ठ » अर्थतन्त्र » चाउचाउ खानुहुन्छ ? सावधान !

चाउचाउ खानुहुन्छ ? सावधान !

 Posted by Itahari Fm | २०७१ भदौ ११ | ९३४ पटक

निकै सजिलो र स्वादिलो खाजाका रुपमा चाउचाउ धेरैले खाने गर्छन् ।

तर पछिल्लोपटक गरिएको एक अनुसन्धानले चाउचाउको सेवन महिलाको मुटुका लागि हानिकारक हुने तथ्य पुष्टि गरेको छ ।

अमेरिकाको बेलर विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताले गरेको अनुसन्धानबाट तयारी चाउचाउको सेवनले महिलाको मुटु तथा रक्तप्रणालीमा नकारात्मक असर पूराउने तथ्य खुलेको हो ।
डाक्टर ह्युन जून शिनको नेतृत्वमा रहेको वैज्ञानिक टोलीले गरेको अनुसन्धानले चाउचाउको सेवनले महिलामा मुटु रोग, मधुमेह, हृदयाघात जस्ता जोखिम बढाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुले यसलाई कार्डियो मेटाबोलिक सिन्ड्रोम भनेका छन् ।

शोधकर्ताहरुले चाउचाउ किन हानिकारक छ ? भन्ने प्रमाण समेत प्रस्तुत गरेका छन् । चाउचाउमा प्रयोग हुने स्टाइरोफोम मा हुने हर्मोन डिस्रप्टर बिस्फेनोल ए -बीपीए) भन्ने तत्व महिलाको स्वास्थ्यका लागि निकै हानिकारक हुने वैज्ञानिकहरुको भनाइ छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook