गृहपृष्ठ » News » काठमाडौंपछि धेरै हत्या हुने जिल्ला सुनसरी

काठमाडौंपछि धेरै हत्या हुने जिल्ला सुनसरी

 Posted by Itahari Fm | २०७१ भदौ ११ | ३३२ पटक

नेपालकै असुरक्षित जिल्लाका रुपमा चिनिएको सुनसरीमा काठमाडौंपछि सबैभन्दा धेरै हत्या हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षमा मात्र सुनसरीमा २९ जनाको हत्या भएको छ । जुन देशकै दोश्रो धेरै हो । सुनसरी भन्दा धेरै, काठमाडौंमा ४५ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ ।
पूर्वमा सबैभन्दा धेरै असुरक्षित जिल्ला मानिएको मोरङमा भन्दा पनि सुनसरीमा हत्या धेरै भएको छ । प्रहरीको तथ्यांकले पूर्वमा सबैभन्दा बढी असुरक्षित जिल्लाका रुपमा मोरंगलाई देखाएको छ । जुन देशकै सबैभन्दा असुरक्षित जिल्ला काठमाडौं र कास्की पछि तेश्रो स्थानमा रहेको छ ।
मोरंगमा गएको आर्थिक बर्षमा एक हजार दुई सय ४० वटा अपराधका घटना भएका छन् । तीमध्ये २२ जनाको हत्या तथा ३२ जनाको हत्या प्रयास भएको छ ।
सुनसरीमा भने एक हजार एक सय ६ वटा अपराधका घटना भएका छन् तर यसमा ज्यानसम्बन्धी मुद्दा धेरै छन् । सुनसरीमा एक वर्षको अवधिमा २९ जनाको हत्या भएको छ भने ३२ जनाको हत्या प्रयास भएको छ ।
यस्तै पूर्वमा सबैभन्दा धेरै हत्या हुने जिल्लामा तेश्रोमा झापा रहेको छ । देशभरका असुरक्षित जिल्लामा पाँचौँमा परेको झापा हत्या धेरै हुने जिल्लामा पनि पाँचौ स्थानमा छ । झापामा २१ हत्या सहित एक हजार ७६ अपराध भएका छन् ।
पूर्वको मोरंग, सुनसरी र झापापछि सिरहा, सप्तरी, उदयपुर र इलाम बढी अपराध हुने तथा असुरक्षित जिल्लाका रुपमा चिनिएका छन् । सिरहामा गएको बर्ष पाँच सय १८ वटा अपराधिक घटना भएका छन् भने सप्तरीमा चार सय तीन वटा अपराधिक घटना भएका छन् । यस्तै उयदपुरमा तीन सय ३४ वटा अपराधिक घटना र इलाममा दुई सय ९० अपराधिक घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
यसरी बढी अपराध हुनुमा भारतसँगको खुला सिमाना, धेरै जनघनत्व तथा लागुऔषध प्रयोगकर्ता बढी भएका कारण रहेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिनुभएको छ । अहिले घटना न्युनिकरणका लागि प्रहरीले सक्रियता बढाएकाले अपराध घट्दै गएको उहाले बताउनुभयो ।

प्रहरीको तथ्यांकले दैनिक चार जनासम्मको हत्या हुने गरेको देखिएको छ । गएको बर्ष देशभर एक हजार तीन सय ३२ जनाको हत्या भएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook