गृहपृष्ठ » अर्थतन्त्र » यी हुन्, विश्वका उत्कृष्ट बाबुहरु

यी हुन्, विश्वका उत्कृष्ट बाबुहरु

 Posted by Itahari Fm | २०७१ भदौ ९ | ३९८ पटक

आज बाबुको मुख हेर्ने दिन हो । हामी आफ्ना बाबुलाई आज मनपर्ने खानेकुरा र उपहार दिएर यो पर्व मनाउदै छौ । हामीले पर्व मनाईरहदा संसारकै सबैभन्दा उत्कृष्ट बाबुहरु चाँहि को हुन् त भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । यहि जिज्ञासा हल गर्ने क्रममा एउटा सर्वेक्षण फेला परेको छ, जसमा भारतिय अभिनेता शाहरुख खान, अमेरिकि राष्ट्रपति बाराक ओबामा लगायतका बारेमा मत सर्वेक्षण भएको छ । सर्वेक्षणले अमेरीकी राष्ट्रपति बाराक ओबामा र भारतीय अभिनेता शाहरुख खान सबैभन्दा बढि ‘मनपर्ने बाबु’ भएकोे देखाएको छ ।

malia-sasha-and-president-obama-obama-family-1भारतको विवाहसम्बन्धी वेभसाइट ‘सादी डट कम’ले अनलाइन सर्भेमार्फत यो तथ्य सार्वजनिक गरेको हो । ‘फादर्स डे’ को अवसरमा सो सर्वेक्षण गरिएको हो ।

सर्भेमा ५०० जना महिलाको सहभागिता रहेको थियो । जसमध्ये भारतीय मनपर्ने बाबुमा अभिनेता शाहरुख खानलाई छानेका छन् । उनले ४२ प्रतिशत मत पाएका छन् । ३६ प्रतिशत मत ल्याएर दोस्रो मनपर्ने बाबु क्रिकेटर सचिन तेन्दुलेकर बनेका छन् भने महानायक अमिताभ बच्चनले २० प्रतिशत मत पाएका छन् ।

विदेशी मनपर्ने बाबुमा ४० प्रतिशत मत हासिल गर्दै बाराक ओबामा पहिलो भएका छन् । त्यस्तै ,संगीतज्ञ विल स्मिथले ३१ प्रतिशत मत ल्याएका छन् । पूर्वफुटबल खेलाडी डेभिड बेकह्यामले १५ र टेनिस च्याम्पियन रोजर फेडेररले १३ प्रतिशत मत पाएका छन् ।

सर्भेमा सामेल महिलाले उत्कृष्ट ‘बाबु –छोरी’ मा पनि शाहरुख खान र छोरी शुहानालाई छानेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook