गृहपृष्ठ » News » कुश राख्ने र बुवाको मुख हेर्ने दिन

कुश राख्ने र बुवाको मुख हेर्ने दिन

 Posted by Itahari Fm | २०७१ भदौ ९ | ९७४ पटक

हिन्दु धर्माबलम्बीहरुको महान चाड कुशे औँसी आज घर घरमा कुश भित्र्याएर मनाईदै छ । आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्रयाउने परम्परा रहेको छ ।

शास्त्रोक्त विधिअनुसार ब्राहृमणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

आज बुबाको मुख हेर्ने दिन पनि हो । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ-आˆना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आˆना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दछन् ।

आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका-कौशिकी (बराहक्षेत्र), विष्णुपादुकालगायतका तीर्थस्थानमा आ-आˆना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लाग्दछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook