मारुती सिमेन्ट उद्योगले ५० लाखभन्दा बढी कर छली गरेको रहस्य खुलेको छ। क्लिङ्कर र सिमेन्ट जिल्ला बाहिर निकासी गर्दा तिर्नुपर्ने राजश्व नतिरेर यति ठूलो कर छली गरेको हो।
सिरहाबाट उत्पादीत सिमेन्ट र प्रशोधित क्लिङ्कर देशभर निकासी गर्छ। तर विगत आठ महिना अघिदेखि एक रुपैयाँपनि कर तिरेका छैन्।
जिविस सिरहाका राजश्व शाखा प्रमुख महेन्द्र यादव भन्छन्, ‘मारुतीले क्लिन्करको निकासी कर नतिरेका कारण जिविसलाई ठूलो नोक्सान भएको छ। अहिलेसम्म मारुतीले करिब ५० लाख भन्दा बढी कर तिरेका छैन्।’ स्थानीय स्वायत्त शासन ऐन मुताविक जिविसलाई निकासी कर तिर्नुपर्ने उनको भनाई छ।
चन्द्रोदयपुरका गाविस सचिव अविनास रोक्काले मारुती सिमेन्ट उद्योगले आजसम्म सामाजिक कार्य र स्थानीय स्तरको विकासमा एक रुपैया पनि खर्च नगरेको बताए।






