बिना नक्सापास घर बनाउने बढे

इटहरीमा नक्सा पास नगरि घर बनाउने क्रम बढेपनि नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सकेको छैन । तिव्र जनसंख्या वृद्धिसँगै इटहरीमा बार्षिक घरहरु थपिने क्रम बढीरहेपनि नगरपालिकाको तथ्यांकले भने आर्थिक बर्ष २०६९÷०७० भन्दा गत आर्थिक बर्ष नयाँ घर बनाउनेको संख्या घटेको देखाउछ । आर्थिक बर्ष २०६९÷०७० मा इटहरीमा एक हजार एक सय ८३ वटा नयाँ घर थपिएकोमा गत आर्थिक बर्ष जम्मा पाँच सय ९४ वटा मात्र घर थपिएको इटहरी नगरपालिकाले जनाएको छ । नगरपालिकाले तथ्यांकले बार्षिक पाँच सय ९४ मात्र घर थपिएको देखाएपनि इटहरीमा बार्षिक तीन हजार भन्दा बढी घर थपिने गरेको छ । यस्तै इटहरीमा बिना सिफारिस तला थप गर्नेको संख्या … Continue reading बिना नक्सापास घर बनाउने बढे