गृहपृष्ठ » Gallery, News » एउटा समूहको बन्द नखुल्दै अर्कोको बन्द

एउटा समूहको बन्द नखुल्दै अर्कोको बन्द

 Posted by Itahari Fm | २०७१ साउन २६ | ४८२ पटक

लगातारको बन्दले जनजीवन कष्टकर

उज्यालो बस सेवा सञ्चालनमा अवरोध गर्दै यातायात व्यवसायीहरुले गरेको बन्द खुल्न नपाउदै मजदुरहरुले आज देखि पुनः बन्द आह्वान गरेका छन् । खोलामा लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै ट्याक्टर र खोला क्षेत्रमा कार्यरत मजदुरहरुले आजदेखि पूर्वमा बन्द आह्वान गरेका हुन् । सरकारले साउनदेखि भदौसम्म खोलाबाट ढुंगा, गिटि, बालुवा लगायतका निर्माण सामग्री निकाल्दा बाढीको प्रकोप बढ्ने भन्दै खोला उत्खननमा प्रतिबन्द लगाएपछि मजदुर र ट्याक्टर व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि साउन २२ गते पनि एक दिन बन्द आह्वान गरेका थिए भने पटक पटक घण्टे बन्द गर्दै आएका छन् ।
ट्याक्टर मजदुर दिपु लावतीले साउन १ गतेदेखि काम गर्न नपाउदा परिवार भोकै हुने भएपछि बाध्य भएर बन्द आह्वान गरिएको बताउनुभएको छ । उहाँले सरकारले खोला प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने बताउनुभयो ।

bandaएकपछि अर्को समूहले लगातार बन्द गर्दा पूर्वको जनजीवन कष्टकर बन्न थालेको छ । साउन २२ गतेदेखि लगातार पूर्वमा बन्द भइरहेको छ । साउन २२ गते राष्ट्रिय जनमुक्ति पार्टि लिम्बुवान राज्य समीती, २३ गतेदेखि यातायाता व्यवसायी र आजदेखि पुनः मजदुरहरुले बन्द आह्वान गरेका हुन् । बन्द खुल्यो भने गतव्यसम्म हिडेका सर्वसाधारण भने बिच बाटो मै अलपत्र परेका छन् ।
बन्दका कारण आज बिहानैदेखि पूर्वमा यातायातका साधन पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्। हिजो राती काठमाडौंबाट छुटेका लामो दुरीका केहि बसहरु चले पनि बिहानैदेखि अन्य सवारी साधन भने फाट्टफुट्ट मात्र सञ्चालनमा छन् ।

सुरेश घिमिरे

इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg