गृहपृष्ठ » News » अत्यावशेक सेवा तीन दिनदेखि बन्द

अत्यावशेक सेवा तीन दिनदेखि बन्द

 Posted by Itahari Fm | २०७१ साउन २४ | २३१ पटक

अत्यावशेक सेवा बन्द गर्न नपाईने भएपनि पूर्वमा तीन दिनदेखि सडक बन्द छ । सडकमा एकलौटि राज गर्न पाउनुपर्ने भन्दै नयाँ बस सञ्चालन रोक्न मेची र कोशीका पुराना यातायात व्यवसायीहरुले निजि स्वार्थका लागि अत्यावशेक सेवा बन्द गर्दा लाखौं सर्वसाधारणको जनजीविकामा असर परिरहेको छ ।
अत्यावशेक सेवा बन्द गर्नेलाई कडा कार्बाहि गर्ने निति ल्याएको सरकार भने यातायात खुलाउनेतर्फ मौन देखिएको छ । प्रहरी प्रशासनले पनि लगातार भइरहेको बन्द खुलाउन पहल गरेको देखिदैन ।
सडकमा बन्दकर्ता नभएपनि केहि निजि बाहेकका सार्वजनिक सवारीहरु ठप्प भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अञ्चल समिति झापा र कोसी अञ्चल यातायात व्यवसायी संघले उज्यालो यातायात सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै बन्द गरेको हो । उज्यालोले कानुनी प्रक्रिया पूरा गरी सेवा थाले पनि अन्य यातायात व्यवसायी उज्यालो यातायात सञ्चालन नियम विपरीत भएको भन्दै आन्दोलन थालेका हुन् ।
बन्दले यात्रुहरु गन्तव्यसम्म पुग्न समस्या भएको छ । सिमित मात्रामा चलेका निजि तथा सार्वजनिक सवारी साधनहरुले यात्रुहरुबाट मनपरी पैसा असल्ने गरेका छन् ।
बन्दको मौका छोप्दै उनीहरुले इटहरीदेखि धरानसम्म र इटहरीदेखि बिराटनगरसम्मको एक सय रुपैया भन्दा बढी असुल्ने गरेका छन् । यस्तै सिटि सफारीले पनि लामो यात्रामा यात्रुहरुबाट मनपरी चर्को रकम असुलेको यात्रुहरुले गुनासो गरेका छन् ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook