गृहपृष्ठ » News » लगातारको बन्दले पुर्वको जनजिवन प्रभावित

लगातारको बन्दले पुर्वको जनजिवन प्रभावित

 Posted by Itahari Fm | २०७१ साउन २४ | २४८ पटक

यातायात व्यवसायीको विवादका कारण शनिबार पनि पुर्वी नेपालको यातायात सेवा ठप्प भएको छ । यतायात बन्द हुँदा मेची र कोशीको जनजीवन विहानैदेखि प्रभावित भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय माहासंघ अञ्चल समिति झापा र कोसी अञ्चल यातायात व्यवसायी संघले मेची र कोशी शुक्रबार देखि अनिश्चितकालिन बन्दको आवाहान गरेका हुन ।
व्यवसायीहरुको सहमति विना झापाको काँकडभिट्टाबाट उज्यालो यातायात सञ्चालन गरेको विरोधमा बन्दको आवाहान गरेको व्यवसायीले बताएका छन् । यातायात ठप्प पारीएपछि गन्तव्यमा पुग्न चर्को शुल्क बुझाएर यात्रुहरु निजि सवारी साधन चढ्न बाध्य रहेका छन् ।
उज्यालोले कानुनी प्रकृया पुरा गरेर सेवा थाले पनि अन्य यातायात व्यवसायीले नियम विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका हुन । भाडाका सवारी साधन नचले पनि अन्य यातायात साधन भने चलिरहेका छन् । निरन्तरको बन्दको कारण पुर्वका नागरीक मारमा पर्ने गरेका छन् ।
विहिबार राष्ट्रिय जनमुक्ति पाटि जनवर्गिय संगठन लिम्बुवान राज्य परिषदले पुर्वाञ्चल बन्द गरेको थियो भने बुधबार, शुक्रबार र शनिबार यातायात व्यवसायीले बन्द आव्हान गर्दा पुर्वका नागरीक मर्कामा परेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook