गृहपृष्ठ » News » मोदी भेट्दा शुसिल जिल्ल

मोदी भेट्दा शुसिल जिल्ल

 Posted by Itahari Fm | २०७१ साउन १८ | ३३७ पटक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइरालाले लज्जास्पद व्यवहार देखाए । सुशीलको व्यवहारलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार बनाइरहे । बिमानबाट झरेपछि मोदीलाई दिनुपर्ने पुष्पगुच्छा उनले धेरैबेर आफ्नै हातमा राखिरहे । त्यसपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए । मोदी आउनुअघि नै पत्रकारहरुलाई फोटो खिच्नका लागि निश्चित ठाउँमा लगेर राखिएको थियो । पत्रकारहरु सुशीलले मोदीलाई पुष्पगुच्छा दिएको तस्वीर खिच्न खोजिरहेका थिए । तर, सुशीलले क्यामेरातिर पिठ्युँ फर्काइदिए । उता मोदी भने क्यामराम्यानतिर फर्कसकेका थिए । मोदीले नै पत्रकारहरुले फोटो खिच्न थालेको संकेत गरे । तैपनि कोइरालाले बुझेनन् । साथमै रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँस्दै क्यामेरातिर फर्किए । यो देखेर मोदी भने हाँसिरहे ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले स्वागत गर्ने क्रममा पनि कोइरालाले उही बेहोसीपन देखाए । नेम्वाङ मोदीको स्वागतका लागि अघि सरे । नेम्वाङ र मोदीले हात अगाडि लम्काए । तर, बीचमा उभिदिए कोइराला । उनीहरुले हात मिलाउन नपाएपछि सुशीललाई फेरि मिनेन्द्रले ताने ।  मिनेन्द्रले तानेपछि मात्र नेम्वाङ र मोदीले हात मिलाउन पाए ।

स्वागत सकिएपछि  नेपाली सेनाले मोदीको सम्मानमा १९ तोपको सलामी दियो । त्यतिबेला पनि सुशील मोदीको छेउमा उभिरहे ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook