गृहपृष्ठ » News » इटहरीमा खानेपानी अवरुद्ध, साढे नौ हजार उपभोक्ता प्रभावित

इटहरीमा खानेपानी अवरुद्ध, साढे नौ हजार उपभोक्ता प्रभावित

 Posted by Itahari Fm | २०७१ साउन १८ | ३१९ पटक

शनिबारदेखि धारामा पानी नआएपछि इटहरी, हाँसपोसा र एकम्बाबासीहरु काकाकुल बनेका छन् । इटहरी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको पानी शनिबारदेखि धारामा आउन छोडेको हो ।

इटहरी ५ स्थित माझी टोलमा रहेको खानेपानीको मुल पाईप नै भत्किएपछि इटहरीका केहि वडा, तथा इटहरी ५ बाट उत्तर, दक्षिण तथा पश्चिमी क्षेत्रमा रहेका हाँसपोसा र एकम्बामा खानेपानी अवरुद्ध भएको खानेपानी संस्थाले जनाएको छ । तर, इटहरीका अन्य क्षेत्रहरुमा पनि धारामा पानी नआएको उपभोक्ताहरुले गुनासो गरेका छन् । केहि ठाउँहरुमा पानी आएपनि निकै कम परिमाणमा आएको र ट्यांकीमा चढ्न नसकेको बताईएको छ ।

माझी टोलको बाटो हुदै लगिएको खानेपानीको मुल पाइप जेशिबिले भत्काई दिएको जनाईएको छ । मुल पाईप नै भत्काईएकाले इटहरीका सबै क्षेत्रमा पानीको समस्या भएको हो । पाईप भत्कीएपछि खानेपानीको तीन वटै ट्यांकीबाट पानीको वितरण समेत अवरुद्ध भएको छ ।

शनिबारदेखि नै धारामा पानी नआएपनि भत्कीएको पाईप मर्मतको काम भने आजबाट मात्र सुरु गरिने खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाई चौलागाईले जानकारी दिनुभयो । दुई दिनदेखि पानी अभाव हुदा उपभोक्ता भने आक्रोशित भएका छन् । संस्थाले इटहरी, हाँसपोसा र एकम्बाका नौ हजार छ सय ४८ घर धुरीमा पानी वितरण गरेको छ । खानेपानी अवरुद्ध हुदा सबै उपभोक्ता प्रभावित भएका छन् ।।

 

सुरेश घिमिरे
इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook