गृहपृष्ठ » अर्थतन्त्र » सुनकोशी बाढीको प्रभावः देशभर विद्युत आपूर्ति प्रभावित हुने

सुनकोशी बाढीको प्रभावः देशभर विद्युत आपूर्ति प्रभावित हुने

 Posted by Itahari Fm | २०७१ साउन १७ | १९८ पटक

सुनकोशी नदीमा आएको पहिरोको कारण तीनवटा विद्युत उत्पादन केन्द्रमा क्षति पुग्दा देशभरको विद्युत आपुर्ति प्रभावित हुने भएको छ ।
पहिरोका कारण ४५ मेगावाटको भोटेकोशी विद्युत केन्द्रका टावर ढलेकोले उत्पादन बन्द भएको छ ।
यस्तै १० मेगावाट सुनकोशी पावर हाउस र साढे २ मेगावाटको सानिमा हाईड्रोपावरको उत्पादन गृहमा क्षति पुगेकोले राष्ट्रिय प्रशारण लाइनमा साढे ५७ मेगावाट बिजुली कम भएको छ । यसले देशभरको विद्युत आपूर्तिमा असर पार्ने नेपाल विद्यतु प्राधिकरणका निर्देशक शेरसिंह भाटले जानकारी दिनुभयो ।
नेपाल प्राधिकरणले अहिले हप्ताको साढे ४७ घण्टा लोडसेडिङ गर्दै आएको छ । अब विद्युत आपूर्तिमा कमी आएपछि लोडसेडिङ बढ्ने भाटले जानकारी दिनुभयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook