अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सुनसरी उपाध्यक्ष गंगाबहादुर खड्का (जिवि गजल) ले नक्कली परिक्षार्थिद्धारा परिक्षा दिएको सम्बन्धमा जिल्ला कमीटिले छानविन गर्ने भएको छ । अनेरास्ववियु जिल्ला कमीटि सुनसरीले आज प्रेस विज्ञप्ति प्रकाशित गरि उपाध्यक्ष गजलका सम्बन्धमा मिडियामा आएका समाचारले गम्भीर ध्यानाकर्षण भएको भन्दै आन्तरिक छानविन थालिने जनाएको छ ।
अखिलका जिल्ला अध्यक्ष एकराज दाहालले छानविनका लागि कुनै समीती नबनाएपनि आन्तरिक रुपमा छानविन थालिने बताउनुभयो । मिडियामा आएको समाचारले जिल्ला कमीटिको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले घटनाका सम्बन्धमा सत्यतथ्य चाडै बाहिर ल्याउने बताउनुभयो ।
इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत गजलले साउन ७ गते भएको मानविकी संकायको दोश्रो बर्षको अंग्रेजी विषयको परिक्षा अखिलकै जनता बहुमुखी क्याम्पसका इकाई अध्यक्ष पर्वत कट्टेललाई दिन लगाएको सम्बन्धमा मिडियाले हिजो खुलासा गरेको थियो । गजललाई कार्बाहिका लागि क्याम्पस प्रशासनले समेत त्रिभुवन विश्वविद्यालयको परिक्षा बोर्डमा सिफारिस पठाईसकेको छ ।
परिक्षा बोर्डले नक्कली परिक्षार्थिद्धारा परिक्षा दिनेलाई चार बर्षसम्म त्रिविको परिक्षाबाट बञ्चित गराउनसक्ने प्रावधान छ भने परिक्षा दिनेलाई फौजदारी मुद्धा लाग्ने बताईएको छ ।।
सुरेश घिमिरे
इटहरी






