गृहपृष्ठ » अर्थतन्त्र » नेपालमाथी हस्तक्षेप गरिदेउ भन्ने नेपाली होइनन्

नेपालमाथी हस्तक्षेप गरिदेउ भन्ने नेपाली होइनन्

 Posted by Itahari Fm | २०७१ साउन १२ | ३९० पटक

केही मधेश केन्द्रित दलका नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराज समक्ष आफूहरु नेपालमा दोस्रो दर्जाको नागरिक भएको भनी दिएको अभिव्यक्तिबारे व्यवस्थापिका संसदमा प्रश्न उठेको छ । सत्तारुढ नेपाली कांग्रेसका सभासद रामहरी खतिवडाले त्यस्तो अभिव्यक्ति दिने व्यक्ति नेपाली हुन नसक्ने बताउनुभयो  ।

सभासद खतिवडाले विदेशीसामु झुकेर नेपालमा हस्तक्षेप गरिदेऊ भन्नु, आफूहरु दोस्रा दर्जाको नागरिक भएको भन्नु राष्ट्रघाती मानसिकताको उपज हो भन्नुभयो ।

भारतीय विदेश मन्त्रीसँगको सामुहिक भेटमा जे कुरा उहाँहरुले राख्नुभएको छ त्यसले नेपालीको शीर निहुराएको खतिवडाले बताउनुभयो  ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook