गृहपृष्ठ » अर्थतन्त्र » बाबुआमाले छोराछोरी कुटेर तह लगाउन नपाउने

बाबुआमाले छोराछोरी कुटेर तह लगाउन नपाउने

 Posted by Itahari Fm | २०७१ साउन १० | २०६ पटक

छोराछोरीलाई तह लगाउने नाममा बाबुआमा हुन वा  विद्यार्थीलाई अनुशाशित बनाउने नाममा शिक्षक शिक्षिकाले सामान्य रुपमा पनि कुटपिट गर्न नपाउने भएका छन् । बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गर्न व्यवस्थापिका संसदमा पेश गर्न लागिएको मस्यौलामा कुटपिट गर्न नपाइने प्रावधान राखिएको छ ।

मस्यौदाको ऐनको दफा ७ मा रहेको बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालको हितका लागि सामान्य पिटाईलाई यातनापूर्ण व्यवहार नमानिने प्राधान परिवर्तन गरिने उल्लेख छ । उक्त दफामा क्रुर वा यातनापूर्ण व्यवहार गर्न नहुने शीर्षक अन्तर्गत उल्लेख छ, बालकप्रति क्रुर वा यातनापूर्ण व्यवहार गर्नु हुदैन् ।

तर आमाबाबु, परिवारका सदस्य संरक्षक  तथा शिक्षकले बालकको हितका लागि हत्काएको वा सामान्य पिटाइ गरेकोमा यस दफाको उल्लघन मानिएको छैन् । संशोधन मस्यौदा उक्त दफामा रहेको सामान्य पिटाइ हटाएर हप्काएकोमा मात्रै राखिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook