गृहपृष्ठ » News » चोरीको जिप सहित ३ पक्राउ

चोरीको जिप सहित ३ पक्राउ

 Posted by Itahari Fm | २०७१ साउन ८ | २४३ पटक

चोरीको बोलेरो जिप सहित पक्राउ परेका एक भारतिय सहित तीन जनालाई काकडभिट्टा प्रहरीले विहिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिलगडीका सुबास राय, बेलबारी ३ का सुरेन्द्र रणपहेली र कैलाली टिकापुर ८ का लक्ष्मण सेठी रहेका छन् ।
गत साउन गत साउन ५ गते झापा मेची नगरपालिका १० स्थित रामकृष्ण शर्माको घर अगाडी पार्किङ गरेको एस के ०३ पि ००१० नम्बर बोलेरो जीप लिएर उनीहरु फरार भएका थिए । उनीहरुलाई प्रहरीले जीप सहित मोरङको बेलबारीमा बुधबार पक्राउ गरेको थियो ।
जीप चोरेर उनीहरुले बा १ च ३९४८ नम्बरको जाली नम्बर प्लेट समेत चलाएर पश्चिमतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जीप सहित पक्राउ परेका राय र रणपहेलीसंग गरेको बयान पश्चात लक्ष्मण सेठीलाइ पनि पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट चोरी अन्तरगत मुद्दा चलाइएको छ ।

 

 

सुरेश घिमिरे
इटहरी,


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook