गृहपृष्ठ » अर्थतन्त्र » बैदेशिक रोजगारीले उत्पादकत्व घट्यो, परिवार भाँडियो

बैदेशिक रोजगारीले उत्पादकत्व घट्यो, परिवार भाँडियो

 Posted by Itahari Fm | २०७१ साउन ८ | २६७ पटक

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले रेमिट्यान्सको भरमा देश चलाउँदा अर्थतन्त्र संकटमा पर्दै गएको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै अधिकारीले रेमिट्यान्सले देशको उत्पादकत्व घटाई आर्थिक संकुचन बढाएको उल्लेख गरे ।

‘वाषिर्क ५ खर्ब भित्रने रेमिट्यान्स अनुत्पादक क्षेत्रमा हुन्छ, त्यहीकारण अर्कातिर कृषिको उत्पादकत्व घट्दै गएको छ’, अधिकारीले भने, ‘रेमिट्यान्सले गरिबी घटाएपनि समाजमा विकृति बढाइरहेको छ, परिवार भाँडिएको छ, रेमिट्यान्सको सदुपयोग गर्न नीति बनाउनु जरुरी छ ।’

रोजगारीका लागि विदेश जाने अधिकांश युवाहरु अदक्ष भएकाले उनीहरु शारीरिक तथा मानसिक रुपमा असुरक्षित रहने गरेको अधिकारीको भनाइ छ ।

अधिकारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा सहभागी हुदै सभासदहरुले युवा शक्तिलाई वैदेशिक रोजागरीमा पठाउने भन्दा स्वदेशमै रोजगार सिर्जना गर्ने उपाय खोज्न सरकारलाई आग्रह गरे ।

सभासहदरुले बैदेशिक रोजगारीका कारण देशमा उत्पादकत्व घटेको, सामाजिक विकृती र परिवार भाँडिएको जस्ता उदाहरण पेश गरे ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook