अपराध मुक्त सुरक्षित इटहरी बनाउने भन्दै ब्लक पुलिसिङ कार्यक्रम घोषणा गरेको केहि दिन नबित्दै प्रहरी अधिकृतकै घरमा चोरी भएको छ । इटहरीबाट सबै खाले अपराध उन्मुलन गर्ने महत्वकांक्षि लक्ष्य सार्वजनिक गर्ने इटहरीका डिएसपी विनोद शर्माकै मातहतका सई सुरेन्द्र कटुवालको घरमा हिजो सम्साझै चोरी भएको हो ।
स्कुटरमा आएका दुई युवकले इटहरी ७ स्थित सई कटुवालको घरबाट ५६ हजार रुपैयाको एलपी कम्पनीको ल्यापटप, त्यसको ब्याग र ब्यागमा भएको नयाँ एक जोर पेन्ट सर्ट चोरी गरेको जनाईएको छ । स्कुटरमा आएको दुई मध्ये एक युवकले कटुवालकी श्रीमतीसँग गफ गर्दै भुलाएको र अर्कोले सरसमान चोरी गरी लगेको बताईएको छ । सई कटुवालका अनुसार करिब ६० हजार रुपैया बराबरको सरसमान चोरी भएको हो ।
कटुवालका अनुसार स्कुटर आएका युवक विद्यार्थी जस्ता देखिन्थे भने उनीहरुको स्कुटरको नम्बर खुल्न नसकेकाले पक्राउ गर्न सकिएको छैन । उनीहरुको खोजी भइरहेको सई कटुवालले जानकारी दिनुभएको छ ।
प्रहरीकै घरमा चोरी हुनुले इटहरीबासीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले सुरु गरेको ब्लक पुलिसिङ सुरु गरेका डिएसपी शर्मालाई पहिलो गाँसमै ढुंगा लागेको भनि विश्लेषण गर्न थालिएको छ । आफ्नै घरमा सुरक्षा दिन नसक्नेले जनताको सुरक्षा कसरी गर्छन् भनी प्रहरीको आलोचना समेत सुरु भएको छ ।।
गृहपृष्ठ » News » प्रहरी अधिकृतकै घरमा चोरी, ब्लक पुलिसिङलाई पहिलो गासमै ढुंगा
प्रहरी अधिकृतकै घरमा चोरी, ब्लक पुलिसिङलाई पहिलो गासमै ढुंगा
Posted by Itahari Fm | २०७१ साउन ८ | ३५८ पटक

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




