गृहपृष्ठ » Gallery, News » विपिको समाजवादी चिन्तन अझै सान्दर्भिक

विपिको समाजवादी चिन्तन अझै सान्दर्भिक

 Posted by Itahari Fm | २०७१ साउन ६ | ६५१ पटक

नेपाली राजनितिका शिखरपुरुष महामानव विपि कोईरालाको सामाजवादी चिन्तन आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको विभिन्न व्यक्तित्वहरुले औल्याएका छन् । नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको विभिन्न कार्यक्रमहरुमा वक्ताहरुले विपिको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गर्दै यस्तो बताएका हुन् ।
नेपाल विद्यार्थी संघ सुनसरीले जनता बहुमुखी क्याम्पसमा विपिका विषयमा गरेको वक्तृत्वकला कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद डा. शेखर कोईरालाले विपि कोईरालाले ५० बर्षअघि सोचेको समाजवाद अझै पनि नेपालले पाउन नसकीरहेको बताउनुभयो । उहाँले विपि एक राष्ट्रवादी र प्रताजान्त्रीक समाजवादी नेता भएको चर्चा गर्दै राष्ट्रियतामा राजासँग मिलेका बिपि प्रजातन्त्रका सवालमा राजासँग विद्रोही रहेको बताउनुभयो ।
IMG_7103यस्तै, कवि मनुमञ्जीलले विपि बहुआयमीक व्यक्तित्व भएको भन्दै साहित्य, सिजृना, चिन्तक र राजनितिको क्षेत्रमा सधैं स्मरणीय रहेको बताउनुभयो । नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति विद्यार्थी नेता रमेश काफ्लेले विपिको समाजवादबारे बुझाउन र कार्यन्वयन गर्न सकिए नेपालको मुहार फेरीन सक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य उमा शिवाकोटि, जिल्ला उपसभापति सन्दिप पौडेल, प्रताप भट्टराई, महासमीती सदस्य दिपेन्द्र केसी लगायतले विपिको निति अनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा कांग्रेस सुनसरी सभापति राजिव कोईराला, नेविसंघ सुनसरी अध्यक्ष सुनिल साह, निजामती कर्मचारी संघका चिनेश्वर मेहेता, साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण अधिकारी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा सुनसरीका विभिन्न क्याम्पसबाट सहभागी भएका विद्यार्थीहरुले बिपिको व्यक्तित्वका विषयमा आफ्नो प्रस्तुतीहरु राखेका थिए ।

IMG_7077

यस्तै आजै नेपाल तरुण दल भाषी गाउँ कमीटिले झुम्कामा रक्तदानका कार्यक्रम गरेको छ । कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोईरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ७० जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।।

सुरेश घिमिरे
इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg