गृहपृष्ठ » Gallery, News » डिएसपी पौडेल पुलिस अफ द मन्थ

डिएसपी पौडेल पुलिस अफ द मन्थ

 Posted by Itahari Fm | २०७१ साउन ४ | ३६६ पटक

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रविकुमार पौडेल असार महिनाको पुलिस अफ द मन्थ घोषित हुनुभएको छ । स्थानिय नागरिकसँग मिलेर अमर प्रहरी स्मारक, नागरिक सहायता कक्ष जस्ता भौतिक संरचना निर्माण गर्नुका साथै लागूऔषध, गुण्डागर्दी, मानव बेचबिखन जस्ता गम्भीर अपराध नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले उहालाई पुलिस अफ द मन्थ घोषणा गरेको हो ।
पौडेलले आफ्नो मातहत कार्यालयहरु समेतमा आन्तरिक शुद्धिकरणको परिपालना गराई भ्रष्ट्राचार रहित सेवा प्रदान गरेको समेत क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले आफूले पूर्वमा लागु गरेको नागरिकमुखी, दक्ष, भ्रष्ट्राचार रहित र शिष्ट प्रहरी सेवा प्रदान गर्ने कार्ययोजनाको पालनामा रचनात्मक र सक्षम प्रहरीलाई यस्तो पुरस्कार दिने परिपाटी शुरु गरेको बताउनुभयो । पूर्व क्षेत्रभर कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीमध्ये उल्लेख्य र विशेष कार्य गर्ने प्रहरी कर्मचारीको उल्लेख्य कार्यहरुको मूल्याङ्कन गरी २०७० फागुन महिनाबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुलिस अफ द मन्थको रुपमा छनौट गर्न थालिएको हो । पुलिस अफ द मन्थ हुने प्रहरीको फोटो र उत्कृष्ट कार्यको विवरण पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा एक आवरण स्तम्भ बनाएर महिनाभर राख्ने गरिएको छ ।

सुरेश घिमिरे
इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg