सीप सिकाउने मेसिन चोरी

सुनसरीको इनरुवा २ बलाहामा महिला सीप विकास केन्द्र इटहरीले सञ्चालन गरिरहेको सिलाइ कटाइ तालिममा प्रयोग गरिएको मेसिन चोरी भएपछि सीप सिकिरहेका महिलाहरु सीप सिक्नबाट बञ्चित भएका छन् । सुनसरी सुचना केन्द्रको एउटा कोठा भाडामा लिएर सञ्चालित तालिम केन्द्रमा चोरले आज बिहान ताला फुटाएर आठ वटा मेसिन चोरी गरेको संस्थाकी अध्यक्ष राधिका थापाले जानकारी दिनुभयो । कोठामा १० वटा मेसिन रहेपनि बिहान खेलेर हेर्दा दुई वटा मात्र रहेको उहाँले बताउनुभयो । करिब ७० हजार मूल्य बराबरको मेसिन चोरी भएपछि केन्द्रमा सिलाई कटाई सिकिरहेका २० जना महिलाहरुको सिकाइ प्रभावित बनेको छ । इनरुवा र नजिकका गाविसका महिलाहरु गत जेठदेखि तालिम लिइरहेका थिए … Continue reading सीप सिकाउने मेसिन चोरी