गृहपृष्ठ » Gallery, News » इटहरीमा ब्लक पुलिसिङ सुरु

इटहरीमा ब्लक पुलिसिङ सुरु

 Posted by Itahari Fm | २०७१ साउन २ | ४९३ पटक

इटहरीलाई अपराध मुक्त शहर घोषणाका लागि प्रहरीले ब्लक पुलिसिङ कार्यक्रम सुरु गरेको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले ब्लक पुलिसिङ कार्यक्रमको आज इटहरीमा उद्घाटन गर्नुभएको छ ।
ब्लक पुलिसिङ कार्यक्रम अन्तर्गत इटहरीलाई ४५ ब्लगमा विभाजन गरि प्रत्येक ब्लगमा दुई जना प्रहरी राखेर सुरक्षा प्रदान गर्ने प्रहरीको योजना रहेको छ । दुई जना प्रहरीको भागमा एक सय घर हुने भएकाले प्रत्येक घरभित्रका र बाहिरका अपराधमा प्रहरीको नियमित नजर रहने भएकाले अपराध सुन्यमा झार्न सकिने प्रहरीको महत्वकांक्षि लक्ष्य रहेको छ ।
नेपाल प्रहरीले अपराध न्युनिकरणका लागि इटहरीमा नमुना शहरका रुपमा यस्तो कार्यक्रम सुरु गरेको पूर्व क्षेत्रीइ प्रहरी प्रमुख डिआईजी नवराज सिलवालले बताउनुभयो । निकै अगाडिबाटै यस्तो कार्यक्रम सुरु गर्ने योजना भएपनि प्रहरीलाई जनताले विश्वास गर्ने वातावरण नबन्दा ढिलो सुरु भएको उहाँले बताउनुभयो ।
इटहरीका करिब १० हजार जनता उपस्थित उद्घाटन कार्यक्रममा राजनितिक दल, संघसंस्था, नागरिक समाज लगायतले प्रहरीको नयाँ कार्यक्रमको स्वागत गर्दै पूर्ण प्रतिबद्धताका साथ सहयोग गर्ने बताएका छन् । एमाले नगर अध्यक्ष याम सुब्बाले राजनितिक दलहरुको तर्फबाट बोल्दै सचेत प्रहरी भनेको जनता भएकाले जनताको सहयोगमा मात्र कार्यक्रमले सफलता पाउने बताउनुभयो ।
यस्तै पत्रकार महासंघका सुनसरी अध्यक्ष केशव घिमिरेले विकृती विसंगती विरुद्ध जराबाटै प्रहार गर्नुपर्ने भन्दै त्यसो नगरिए डिएसपी विनोद शर्मा जस्ता प्रहरी जाने वित्तिकै इटहरीमा पुनः उस्तै अपराध हुने बताउनुभयो । विकृती विसंगति विरुद्ध जनता नै सजग हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय इटहरीमा एक महिना अघि मात्रै आउनुभएका डिएसपी विनोद शर्माले इटहरीको शान्ति सुरक्षामा उल्लेख्य प्रगति देखाउन सकेपछि इटहरीबासीले समेत प्रहरीको कार्यक्रमलाई विशेष चासोका साथ हेरेका थिए । प्रहरी आयोजना गरेको ब्लक पुलिसिङ कार्यक्रमको उद्घाटनमा समेत इटहरीबासी उत्साहका साथ उपस्थित भएका थिए ।।

सुरेश घिमिरे
इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg