गृहपृष्ठ » Gallery, News » लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

 Posted by Itahari Fm | २०७१ असार ३१ | ३९३ पटक

सुनसरीको भादगाँउ सिनुवारीमा ठुलो परिमाणमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटगनरको बिशेष ब्यूरो टोलीले भासी ४ का बाबुराम चौधरीलाई घरबाट ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब निरीक्षक सुनिल ढुंगानाको टोलीले चौधरीको घरमा छापा हानी ५० बोतल कोरेक्स, दुई सय १० थान नाइट्रोसन ट्याबलेट र सात सय ४४ थान स्पामो बरामद गरेको थियो । चौधरी लोमो समयदेखी लागूऔषधको बिक्रि तथा ओसारपसारमा डिलरको काम गदै आएको प्रहरी नायब निरीक्षक ढुगानाले जानकारी दिनुभएको छ ।
भारतको सिमाजन्य बजारबाट लुकाइ छिपाई लागूऔषध ल्याई घरबाट नै बिक्री गदै आएको ढुगानाले जानकारी दिनुभयो । पक्राउ परेका चौधरीलाई हाल इलाका प्रहरी कार्यालय पकलीमा राखीएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक कार्बाहि पक्रिया अघि बढाईने उहाँले जानकारी दिनुभयो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg