गृहपृष्ठ » News » शुद्धिकरण नगरे व्यवसायबाट पलायन हुने अवस्था आउने

शुद्धिकरण नगरे व्यवसायबाट पलायन हुने अवस्था आउने

 Posted by Itahari Fm | २०७१ असार ३० | ३२२ पटक

इटहरीका केहि मेनपावर कम्पनीहरुले ठगि धन्दा चलाईरहेको मेनपावर व्यवसायीहरुले नै औल्याएका छन् । केहि मेनपावर कम्पनीका कारण सबै मेनपावर व्यवसायीहरुको बदनाम समेत भइरहेको र विभिन्न नराम्रा आपेक्ष समेत लाग्ने गरेको भन्दै व्यवसायीहरुले आन्तरिक सुद्धिकरण थाल्नुपर्नेमा जोड दिएका छन् ।
इटहरीमा वैदेशिक रोजगार विभागबाट स्वीकृती लिएर १२ वटा शाखा सहित ७२ वटा सम्पर्क कार्यालय र एजेन्ट कार्यालय भएपनि अवैध मेनपावर खोलेर ठगि गर्नेहरु पनि बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । उनीहरुले अवैध मेनपावर बन्द गराउन राम्रोसँग पेशा व्यवसायी गरिरहेका मेनपावर व्यवसायीहरु संगठित रुपमा लाग्नुपर्नेमा समेत जोड दिएका छन् ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले ठगि गर्ने मेनपावर कम्पनीका कर्मचारी र व्यवासायीहरुलाई धमाधम पक्राउ गरि व्यवसाय सुधार्न कागज गराउन थालेपछि मेनपावर व्यवसायीहरुले आन्तरिक सुद्धिकरणको विषयलाई समेत प्राथमिकता दिन थालेका हुन् ।
इटहरीको जुपिटर ओभरसिजका व्यवसायी दुर्गा थापाले गतल मेनपावरका कारण घरपरिवारबाट समेत व्यवसाय छोड्न दवाव आउन थालेको बताउनुभयो । उहाले अब मेनपावर व्यवसायीहरु संगठित भई आन्तरिक सुद्धिकरणमा नलागे व्यवसायबाटै पलाउन हुनुपर्ने अवस्था आउनसक्ने बताउनुभयो ।
यस्तै ओरीयन ओभरसिजका सोहन मास्केले देशमा रोजगारीको अवस्था नभइरहेको बेला मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारको अवसर सिर्जना गरि देशमा ठूलो रेमिट्यान्स भित्त्राउन सहयोग पुर्याइरहेकाले यसलाई गर्ने हेयको भावना त्याग्नुपर्नेमा जोड दिनुभयो ।
व्यवसायीहरुले इटहरीमा रहेका अवैध मेनपावर बन्द गराउन सरकारले समेत कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका छन् ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg