गृहपृष्ठ » Gallery, News » कविराज पोखरेल इटहरी काव्य पुरस्कारबाट सम्मानित

कविराज पोखरेल इटहरी काव्य पुरस्कारबाट सम्मानित

 Posted by Itahari Fm | २०७१ असार २९ | ३२३ पटक

कवि कविराज पोखरेल इटहरी काव्य पुरस्कारबाट सम्मानित हुनुभएको छ । इटहरी साहित्य समूहले आज दुई सय एक औं भानु जयन्तीको अवसरमा पुरस्कार वितरण समारोहको आयोजना गरि कवि पोखरेललाई सात हजार राशीको सो पुरस्कारबाट सम्मानित गरेको हो ।
इटहरी नगरपालिकाले प्रदान गर्ने सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि साझा प्रकाशनका वोर्ड अफ डाईरेक्टर अनिल पौडेलले कवि पोखरेललाई प्रदान गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा सहभागी पूर्व क्षेत्रका साहित्यकारहरुले नेपालीलाई भाषाको माध्यमबाट एकताको सुत्रमा बाध्न भानुभक्त आचार्यको ठूलो देन रहेको बताएका थिए । उनीहरुले भानुभक्त आचार्यका कृतीहरु अहिलेको समाजका लागि समेत उत्तिकै शिक्षाप्रद रहेको बताएका थिए । समूहका अध्यक्ष कृष्ण विनोद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा यम्बुरी बुक प्वइटका प्रबन्धक साहित्यका कुयांग लामा, साहित्यकार कृष्ण अधिकारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम अघि समूहले इटहरीमा प्रभात फेरी समेत गरेको थियो । आदीकवि भानुभक्त आचार्यलाई सम्झना गर्दै संस्थाले गरेको प्रभातफेरीका इटहरी क्षेत्रका साहित्यप्रेमी तथा बुद्धिजिविहरुको सहभागीता रहेको थियो । इटहरी नगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरीले इटहरी चौक क्षेत्रको परिक्रमा गरेको थियो । इटहरी नगर क्षेत्र परिक्रमा पछि इटहरी नगरपालिकामा भएको सम्मान कार्यक्रममा संस्थाले कवि कविराज पोखरेललाई सम्मान गरिएको हो ।

सुरेश घिमिरे
इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg