गृहपृष्ठ » Gallery, News » ‘एमाले कार्यकर्ता तामाङ अग्रवाल दम्पत्ति हत्यामा संलग्न’

‘एमाले कार्यकर्ता तामाङ अग्रवाल दम्पत्ति हत्यामा संलग्न’

 Posted by Itahari Fm | २०७१ असार २२ | ५२१ पटक

खनारका एक व्यवसायीको अपहरण योजना बनाईरहेको अवस्थामा हतियार सहित पक्राउ परेका एमाले कार्यकर्ता कमल तामाङ सात बर्षअघि इटहरीमा हत्या गरिएका कैलाश, कान्ता अग्रवाल दम्पत्ति हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न तामाङ दुई दिनअघि इटहरीबाट पक्राउ परेका थिए ।
प्रहरीको विशेष टोलीले उसलाई लछारपछार पार्दै पक्राउ गरेको थियो । एमाले मोरङका जिल्ला समीती सदस्य समेत रहेका तामाङ विरुद्ध मोरङमा ज्यान मार्ने उद्योग, बैंक डकैती सहित १५ वटा भन्दा बढी मुद्धा रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद शर्माले बताएका छन् ।
खनारका व्यवसायी टिकाप्रसाद दाहालका छोरालाई अपहरण गर्ने योजना बनाईरहेका सुनसरी खनारका सुरेश चौधरीलाई पक्राउ गरेपछि चौधरीमार्फत तामाङलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्ने क्रममा उनको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद भएको इटहरी प्रहरीले जनाएको छ । अपहरण गर्ने योजना बनाईरहेको सूचनाका आधारमा पक्राउ परेका तामाङसँग हतियार सेमत भेटिएको र थप अनुसन्धान गर्दा उनी २०६४ चैत ८ गते भएको ४५ बर्षिय कैलाश अग्रवाल र कान्ता अग्रवाल दम्पत्तिको हत्यामा समेत संलग्न रहेको खुलेको इटहरीका डिएसपी बिनोद शर्माले दावी गरे ।
अग्रवाल दम्पत्ति हत्याको अभियोगमा यसअघि नै पक्राउ परेका दन्तकाली हार्डवेयरमा हत्याताका कार्यरत सुनसरी खनारका सुनील भनिने कुलबहादुर राई र मोरङ, बनीगामका देवकुमार माझी अहिले कारागारमा कैद भुक्तान गरिरहेका छन् । तर, हार्डवेयरमा कार्यरत कर्मचारीहरु मात्र पक्राउ पर्दा इटहरीका व्यवसायी, व्यपारीहरुले हत्याका खास अभियुक्त अझै पक्राउ गर्न नसकेको बताउदै आएका थिए ।
हत्या लगत्तै प्रहरीले अलगअलग तीन वटा समिति बनाए पनि हत्याबारे अझै केही सार्वजनिक नगरिदा अझै हत्याका अभियुक्तहरु रहेको हुनसक्ने व्यवसायीहरुले बताएका छन् । हत्यापछि तत्कालीन एसएसपी भक्ति माझीको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएपनि त्यसको प्रतिवेदन सार्वजनिक भएको छैन । ब्यापारीहरुले घटनाको यथार्थ सार्वजनिक गर्न माग गर्दै आएका छन् । इटहरीमा डिएसपी विनोद शर्मा आएलगत्तै व्यवसायीहरुले स्वागत कार्यक्रममा समेत अग्रवाल दम्पत्ति हत्याका अभियुक्त पक्राउको विषय उठाएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg