गृहपृष्ठ » Gallery, News » काखे छोरी च्यापेर सहयता खोज्दै

काखे छोरी च्यापेर सहयता खोज्दै

 Posted by Itahari Fm | २०७१ असार १८ | ४४६ पटक

श्रीमान र सौताले यातना दिएर घरबाट निकालिदिएपछि छुट्दै घर बाहलमा बस्दै आएकी तेह्रथुम श्रीजुङ ६ की विष्णु बस्नेतलाई घरवालाले समेत निकालिदिएपछि विचल्ली भएको छ । उनी अहिले १० महिनाको काखे छोरी र घरका झिटिकुम्टा बोकेर साहरा र न्याय खोज्दै इटहरी आईपुगेकी छिन् । स्तनपान गरिरहने छोरी भएकी बस्नेतलाई अब न्याय कसरी पाउने भन्ने चिन्ता त छदैछ, त्यो भन्दा पनि तत्काल के खाने, कहाँ बस्ने भन्ने समस्याले सताईरहेको छ । टिलपिल आसु बोकेर उनी आज इलाका प्रहरी कार्यालय इटहरीमा न्याय माग्दै आईपुगेकी थिईन् । दुध चुसीरहेकी छोरीलाई बोकेर उनले इलाका प्रहरी कार्यालय इटहरीमा न्यायका लागि निवेदन समेत दिएकी छिन् । घरबेटिले घरका सामान निकालेर घरमा बस्न नदिएपछि घरको सामान समेत सँगै ल्याएकी बस्नेत इलाका प्रहरी कार्यालय अगाडि सामान राखेर निवेदन दिन पुगेकी थिईन् । श्रीमानको हुलिया सहितको निवेदन दिदै श्रीमान समेत खोजि दिन उनले माग गरेको इलाका प्रहरी कार्यालय नटहरीका प्रहरी निरिक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।  तेह्रथुम श्रीजुङ ६ माइति भएकी बस्नेतले अढाई बर्षअघि झापा अनारमनी २ का राजकुमार गहतराजसँग एक बर्षसम्मको प्रेम सम्बन्धलाई सफल बनाउन भागी विवाह गरेकी थिईन् । विश्वास गरेर भागेकी बस्नेत झापा अनारमनी आउदा त्यत्तिबेला छाँगाबाट खसिन जतिबेला श्रीमानको अर्कै श्रीमती र तीन जना छोराहरु समेत रहेको थाहा पाईन् । उनै सौताले घरबाट निकालेपछि साहरा खोज्दै माईती पुगेकी उनलाई माइतीले समेत साहरा नदिएपछि तेह्रथुममै घर बाहाल लिएर बस्दै आएकी थिईन् । तेह्रथुम जिरिका विष्टको घरमा बस्दै आएकी उनले अहिले विष्ट घरबालाले पनि निकालिदिएपछि विचल्ली भएको बताएकी छिन् । उनले आफ्नो छोरीलाई कुनै संस्थाले साहरा दिए सोहि संस्थामा सेवा गरेर बस्ने समेत बताएकी छिन् । आफूलाई सहयोग गर्न उनले समाजसेवी र अधिकारवादीहरुसँग अपिल समेत गरेकी छिन् ।।

सुरेश घिमिरे इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg