गृहपृष्ठ » Gallery, News » पूर्वमा धान उत्पादन घट्ने

पूर्वमा धान उत्पादन घट्ने

 Posted by Itahari Fm | २०७१ असार १७ | ३२९ पटक

समयमा मनसुन नभएको र रोपाई समेत हुन नसकेका कारण यो बर्ष पूर्वमा धानको उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषी निर्देशनालयले २० प्रतिसतसम्म उत्पादन घट्न सक्ने अनुमान गरेको हो ।
हालसम्म पूर्वका तराई क्षेत्रमा १० प्रतिसत भन्दा कम मात्र धान रोपाई भएको पूर्वाञ्चल क्षेत्रीय कृषी निर्देशनालयले जनाएको छ । धानको प्याड राखेको २५ दिनभित्र रोपाई गर्न उपयोगी मानिने भएपनि समयमा पानी नपर्दा विउ छिप्पिएको छ भने खेतहरु अझै बाँझै छन् । यसले उत्पादनमा १५ देखि २० प्रतिशत गिरावट आउन सक्ने निर्देशनालयको अनुमान छ ।
पूर्वी तराईमा हालसम्म करिब ९ प्रतिसत मात्र रोपाई भएको क्षेत्रीय कृषी निर्देशनालयका कृषी प्रसार अधिकृत रामशोगारथ साहले जानकारी दिनुभयो । उहाका अनुसार पूर्वका उच्च पहाडि क्षेत्रमा २४ प्रतिसत र मध्यपहाडि क्षेत्रमा २१ प्रतिसत मात्र धान रोपाई भएको छ ।
पूर्वका तेह्रथुम, खोटाङ र संखुवासभामा हालसम्म ३५ प्रतिसत माथि रोपाई सकिएको छ भने सबैभन्दा बढी धान फल्ने झापामा हालसम्म पाँच प्रतिसत मात्र रोपाई पुरा भएको छ । धानका लागि प्रख्यात सुनसरी र मोरङमा पनि ज्यादै कम मात्र रोपाई भएको छ ।
पूर्वका तराई, पहाड र उच्च पहाड गरि पाँच लाख १३ हजार चार सय ५६ हेक्टर जमिनमा धानखेती गरिदै आएकोमा तराई क्षेत्रमा मात्र तीन लाख ७५ हजार एक सय १७ हेक्टर जमीनमा धान खेती गरिन्छ । तर सबै क्षेत्रमा सिँचाई सुविधा पुग्न नसक्दा धान खेती आकाशे पानीको भरमा हुने गरेको छ ।
पूर्वका दुई लाख ३९ हजार तीन सय ६८ हेक्टर जमिनमा सिँचाईको सुविधा उपलब्ध छैन भने सिँचाई सुविधा भएका क्षेत्रमा पनि नहर सफा नभएका कारण आकाशे पानी नै मुख्य सिँचाईको माध्यम बन्ने गरेको छ । सुनसरी मोरंग सिँचाई आयोजनाले पनि यति खेर नहर सफाईको काम गरिरहेकाले सुनसरीका छिटाहा, चिमडि, सतेरझोडा, कप्तानगञ्ज, रामगञ्ज बेलगछिया लगायतका गाविसहरुमा अझै खेतहरु बाँझै छन् । तराई क्षेत्रमा असार पहिलो हप्तादेखि साउन १५ गतेको अवधिलाई धान रोपाईंको उपयुक्त समय मानिन्छ । तर जेठमा केहि समय राम्रो पानी परेपनि असार लागे यता पर्याप्त पानी नपर्दा समयमा खेती हुन सकेको छैन ।
पूर्वमा सिर्चाईको सुविधा भएको दसई लाख ७४ हजार ८७.५ हेक्टर जमिनमध्ये हालसम्म करिब ३० हजार हेक्टर जमीनमा रोपाई भएको निर्देशनालयले जनाएको छ । चालु आर्थिक बर्षमा समयमा नै पानी पर्दा पूर्वका पाँच लाख ४७ हजार तीन सय २२ हेक्टर जमिनमा लगाइएको धान खेतीबाट १८ लाख नौ हजार पाँच सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

सुरेश घिमिरे
इटहरी


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg