गृहपृष्ठ » News » धानको उत्पादकत्व बढाउन जोड

धानको उत्पादकत्व बढाउन जोड

 Posted by Itahari Fm | २०७१ असार १५ | २११ पटक

इटहरी, १५ असार : आज राष्ट्रिय धान दिवस, देशभर धान रोपाईको कार्यक्रम भइरहेको छ । सरकारले समेत धान दिवसलाई विशेष प्राथमिकताका थान मनाउन थालेपछि असार १५ का दिन किसानहरु धान रोप्न बढी उत्साहित समेत हुने गरेको छन् ।
नेपाल किसान संघ सुनसरीले पनि राष्ट्रिय धान दिवसका अवसरमा सुनसरीको बक्लौरी र चिमडि गाविसमा धान रोपाई कार्यक्रम गरेको छ । दिवसकै अवसरमा संघले दहि चिउरा खानपानको कार्यक्रम समेत गरेको छ ।
किसान संघ क्षेत्र नम्बर ३ को संयोजनमा चिमडिमा भएको कार्यक्रममा किसान तथा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरुले धान उत्पादन बढाउन सरकारले कृषी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनीहरुले धानको उत्पादकत्व निरन्तर खस्कीदै गएको भन्दै कृषी क्षेत्रमा अनुदान, आधुनिक कृषी औजार, उन्नत बिउ तथा मलको सहज आपूर्ति हुन सकेको खण्डमा मात्र धान लगायतका कृषी उपजहरुको उपादकत्व बढाउन सकिने बताए ।
पूर्व गृहराज्यमन्त्री हरि सापकोटाले कृषी क्षेत्रमा माफियाकरण बढेकाले किसानसम्म सरकारको कार्यक्रम पुग्न नसकीरहेको बताउनुभयो । उहाले कृषी क्षेत्रको विकासले मात्र देशको अर्थतन्त्रमा व्यापाक सुधार गर्न सकिने बताउनुभयो । यस्तै नेपाली कांग्रेस जिल्ला सभापति राजिव कोईरालाले किसानलाई सहज रुपमा बिउ र मलको प्रबन्ध मिलाउन, सिँचाईको सुविधा पुर्याउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै कांग्रेस जिल्ला सचिव केदार भण्डारीले धान दिवसले किसानलाई नेपालको प्रमुख बाली धान लगाउन प्रोत्साहन गरिरहेपनि अझै बिउ, मल र सिँचाईको राम्रो पँहुच पुग्न नसकीरहेको बताउनुभयो ।
किसान संघ जिल्ला सभापति विष्णु डाँगीले किसान नै देशका खम्बा भएको भन्दै कृषी क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुने बताउनुभयो । उहाले कृषी क्षेत्रको विकासका लागि सरकारले भर्खरैबाट केहि गर्न खोजेको महसुस हुन थालेको भन्दै निर्वाहमुखी कृषी पेशालाई व्यवसायीक बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता सहित किसानहरुले धाँन समेत रोपेको थिए । उनीहरुले धान नेपालको प्रमुख बाली भएकाले उत्पादान बढाउन जोड गर्नुपर्ने समेत बताएका थिए ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook