उद्योगलाई लगानीमैत्री बनाउन ऐन नै संसोधन गरिने भएको छ । उद्योग मन्त्रालयले मन्त्रालयले ऐन संसोधनका लागि छलफल सुरु गरेको छ । उद्योगका व्यवस्थापक र मजदुरबीच समन्वय गरी उद्योगमा बन्द हड्ताल तालाबन्दी गर्ने कार्यलाई निरुत्साहित गर्ने ऐन आउन लागेको उद्योग मन्त्री कर्ण थापाले जानकारी दिए । उद्योगहरूको गुणस्तर, भौतिक पूर्वाधार, उत्पादित सामग्रीको अनुमगन गर्ने र लगानीमैत्री वातावरण ल्याउन तथा थप बहुराष्ट्रिय कम्पनीहरूलाई स्वदेशमा भित्र्याउन वर्तमान ऐन कानुनमा संशोधन गर्नुपर्ने आबश्यक रहेकाले संसोधन गर्ने तयारी भएको बताए । उनले ऐन संसोधनको प्रस्ताव मन्त्रिपरिषदमा गइसकेको पनि बताए । लामो छलफल गर्दा पनि अहिलेसम्म ऐन आउन सकेका छैन ।
गृहपृष्ठ » News » बन्द हड्ताल रोक्न ऐन संसोधनको तयारी
बन्द हड्ताल रोक्न ऐन संसोधनको तयारी
Posted by Itahari Fm | २०७१ असार ९ | १४३ पटक

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




