भारतीय प्रधानमन्त्री मोदी केही समय लगत्तै नेपाल भ्रमणको तयारीमा छन् ।
मोदी नेपाल आउँदा कस्तो पहिरनमा आउलान ? चर्चा भने अहिले नै सुरु भइसकेको छ । भारतको प्रतिष्ठित इन्डिया टुडे भन्छ, ‘प्रधानमन्त्री मोदी नेपाल आउँदा दौरा सुरुवाल लगाएर आउनेछन् ।’ मोदीको गोप्य फोटो एल्बम भन्दै इन्डिया टुडेले नेपाल भ्रमणमा आउँदा लगाउने दौरासुरुवालको फोटो समेत राखेको छ ।
यसो त मोदीले चुनाव प्रचारका क्रममा जुन राज्यमा गयो, त्यही राज्यको पहिरनमा देखा पर्ने गरेका थिए । त्यसैले मोदीले विदेश जाँदा पनि सोही देशको पहिरन लगाउने दाबी ‘इन्डिया टुडे’ को छ ।
भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउने तयारीमा रहेपनि प्रधानमन्त्री सुशील कोइराला अमेरिका भ्रमणमा रहेका कारण समय निश्चित हुन नसकेको बताइएको छ। यद्यपि सार्क शिखर सम्मेलनसम्म नै मोदी नेपाल आइसक्ने स्रोतको दाबी छ ।






