गृहपृष्ठ » News » स्कुल थिएटरको चौथो संस्करण

स्कुल थिएटरको चौथो संस्करण

 Posted by Itahari Fm | २०७१ जेठ ३ | ३८४ पटक

school thiyetarसुरेश घिमिरे
इटहरी, ३ जेठ ः छोटो समयको नाटक स्थापित गर्न स्कुल थिएटर सफल भएको श्रष्टाहरुले बताएका छन् । सुनसरीको इटहरीमा कलालय इटहरीले आयोजना गरेको स्कुल थिएटरको चौथो संस्करण प्रहशनका क्रममा अतिथिका रुपमा सहभागी साहित्य, नाट्य तथा संगितका श्रष्टाहरुले छोटो समयको नाटक समेत लामो नाटक भन्दा बढी प्रभावकारी हुनसक्ने प्रमाणीत भएको प्रतिक्रिया दिएका छन् ।
वरिष्ठ साहित्यकार, संगितकार तथा गायक गणेश रसिकले सानो विषयमा नाटक गर्ने प्रेरणा आफूले पाएको बताउनुभयो । उहाले इटहरीमा प्रदर्शीत बालबालिकाको नाटक काठमाडौंमा प्रदर्शन हुने असेस मल्ल, अभि सुवेदी लगायतको नाटकहरु भन्दा कम नभएको प्रतिक्रिया दिनुभयो । यस्तै कवि मनुमञ्जिलले नाटकले मान्छेलाई वास्तविक मान्छे बनाउने भन्दै बालबालिका नाट्य तथा कलाको क्षेत्रमा आकर्षित हुदा भविष्य सुन्दर हुने बताउनुभयो ।
स्कुल थिएटरमा तिन गिति नाटक सहित ६ वटा नाटक प्रदर्शन गरिएको थियो । गर्मीका बिच हल उपस्थित दर्शकहरुले नाट्यकर्मी बालबालिकाहरुलाई तालिले हौसला प्रदान गरेका थिए । बालबालिकाले आफैले लेखेका र निर्देशन गरेका नाटकले बालबालिको व्यक्तित्व विकास र नाट्य क्षेत्रको विकासमा समेत ठूलो योगदान पुर्याएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताउनुभयो ।
आजदेखि सुरु भएको स्कुल थिएटर भोलीसम्म चल्नेछ । स्कुल थिएटरको यो श्रृंखलामा इटहरीका १२ स्कुलका ६५ विद्यार्थी सहभागि छन् ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg