गृहपृष्ठ » News » जण्डिसका बिरामी एक हजार बढी

जण्डिसका बिरामी एक हजार बढी

 Posted by Itahari Fm | २०७१ बैशाख २८ | २०४ पटक

मोरङको बिराटनगर क्षेत्रमा फैलिएको जन्डिसको प्रकोपले प्रभावित समूदाय निरन्तर बढ्दै गएका छन् । हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् भने १७ जना गम्भीर अवस्थामा उपचाररत छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार १ हजार १ सय ८३ जना जन्डिसका बिरामी रहेका छन् ।

रोकथामको प्रयास असफल बन्दै गएको छ । हरेक दिनजसो नयाँ बिरामी थपिने क्रमसँगै स्थानीयस्तर गरिएको रोगथामको प्रयास नियन्त्रण बाहिर जान थालेको हो । जन्डिसका बिरामीहरु बढ्ने क्रमसँगै अस्पतालमा शैpani2याको अभाव हुन थालेको छ । शैया अभावका कारण अस्पतालमा भर्ना भएका बिरामीहरुलाई बेडमा राखेर उपचार गर्न समस्या हुन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

दुषीत पानीका कारण जण्डिल फैलिएका कारण नियन्त्रणको प्रयास स्वरुप आइतबार बिराटनगरमा रहेका आधा दर्जन ठूला होटलमा अनुगमन गरी त्यहाँको वस्तुस्थितिबारे अध्ययन थालिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीसहितको अनुगमन टोलीले आइतबार ठूला भनिएका होटल जेनियल, स्टर्न स्टार, स्वागतम् लगायतका होटलमा अनुगमन गरेको छ । यसअघि खानेपानी संस्थानले वितरण गर्दै आएको पानी परीक्षणका क्रममा दिशामा पाइने कोलिर्फम नामक ब्याक्टेरिया पाइएको थियो । पानीमा कोलीर्फमको जिवाणु फेला परेपछि ढलबाट पानीमा दिशा मिसिएको आशंका गरिएको हो । 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg