गृहपृष्ठ » News » बैंककमा केपी ओलीकी पत्नी लुटिइन्

बैंककमा केपी ओलीकी पत्नी लुटिइन्

 Posted by Itahari Fm | २०७१ बैशाख २८ | ६८४ पटक

Radhika-Sakyaथाइल्याण्डमा उपचार गराइरहेका एमाले बरिष्ष्ठ नेता केपी ओलीको हेरचाहमा खटिएकी ओलीकी पत्नी राधिका शाक्यका साथबाट लुटेराहरुले ५ हजार अमेरिकी डलर र पासपोर्ट लुटेका छन् ।

बैंककको फेचपुरी गल्लीमा हिँडिरहेका बेला उनका साथबाट ५ हजार अमेरिकी डलर, सुनको टप, मोबाइल आइ फोन-४ र पासपोर्ट रहेको ब्याग लुटेराहरुले लिएर भागेका हुन् । दुई वटा मोटरसाइकलमा आएका तीन जना लुटेराले सामान लुटेको भन्दै शाक्यले त्यहाँको प्रहरीमा रिपोर्ट लेखाए पनि लुटेराहरु अहिलेसम्म फेला परेका छैनन् ।

 केपी ओलीको उपचारका लागि मे १ बैंकक पुगेकी ५५ वर्षीया शाक्य मे ४ मा लुटिएकी हुन् । शाक्य फेचपुरी गल्लीमा हिँडिरहेका बेला मे ४ को अपरान्ह ४ बजेर ८ मिनेटमा लुटिएकी थिइन् । उनको लुटिएको पासपोर्ट नम्बर ०६८८४४७१ रहेको छ । स्पेशल मेडिकल भिसामा दुर्इ हप्ताको अनुमति लिएर उनी बैंकक पुगेकी हुन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg