गृहपृष्ठ » News » बहुजातीय सङ्ग्रहालय प्राथमिकतामा

बहुजातीय सङ्ग्रहालय प्राथमिकतामा

 Posted by Itahari Fm | २०७१ बैशाख २८ | ४४० पटक

dharan-bazar-03इटहरी । नेपाल आदिवासी जनजाति महासङ्घ, सुनसरीको पहल र धरान नगरपालिकाको विशेष सहयोगमा धरान– १४ मा निर्माणाधीन आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयले आगामी बजेटमा प्राथमिकता पाउने महासङ्घ सुनसरीका वरिष्ठ सल्लाहकार सुजेन्द्र तामाङले बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमाल, निवर्तमान अध्यक्ष राजकुमार लेखीदेखि लिएर धरान नगरपालिका, जिविस सुनसरी, पुरातात्विक विभाग, राष्ट्रिय योजना आयोग र संस्कृति मन्त्रालयसम्म प्रभावकारी लविङ भएपछि आगामी बजेटमा सङ्ग्रहालयका लागि रु १० करोडसम्म विनियोजन हुन सक्ने बुझिएको उहाँले बताउनुभयो । सङ्ग्रहालय निर्माणका लागि नेकपा (एमाले) धरान नगर समितिले संस्कृति मन्त्री भीम आचार्य र नेपाली काँग्रेस क्षेत्रीय समितिले सञ्चार मन्त्री डा मीनेन्द्र रिजालसमक्ष ज्ञापनपत्रसमेत बुझाएर निकै ठूलो सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो । काँग्रेस, एमाले, एमाओवादीलगायतका दलले दोस्रो संविधानसभा निर्वाचनमा आ–आफ्नो स्थानीय घोषणापत्रमा सङ्ग्रहालय निर्माणको कार्यलाई पूरा गर्ने प्रतिबद्धता जनाएकाले समेत बल पुग्न गएको तामाङले बताउनुभयो । बहुजातीय सङ्ग्रहालयको प्रारम्भिक लागत अनुमान रु ३५ करोड २१ लाख रहेको छ । निर्माण कार्य सुरु भएको चार वर्ष भइसके पनि हालसम्म विभिन्न निकायमा गरी रु ८५ लाख ४१ हजारमात्र बजेट प्राप्त हुन सकेको छ । तामाङका अनुसार प्राप्त बजेट र जनश्रमदान गरी कम्पाउन्ड वाल, कार्यालय, पालेघर, शौचालय र स्नानकक्ष बनाउने, जमिन मिलाउने, गुरुयोजना बनाउने लगायतका कार्य गरी करिब रु एक करोड २० लाखको काम सम्पन्न भइसकेको छ । सङ्ग्रहालयमा सुनसरीस्थित आदिवासी जनजाति, खस, क्षेत्री, बाहुन र दलितहरुको जातीय मौलिक एवम् परम्परागत भेषभूषा, सांस्कृतिक, धार्मिक, सामाजिक महत्वका विषयवस्तुहरु सङ्ग्रह गर्न अलगअलग जातीय घर बनाउने र यसलाई एउटा नमुना गाउँका रुपमा विकास गर्ने योजना रहेको छ । आ–आफ्नो मौलिक पहिरनमा आफ्नो जातिको बारेमा पूर्ण जानकारी दिन सक्ने सम्बन्धित जातिका महिला र पुरुषलाई जातीय घरमा व्यवस्था गर्ने तथा सङ्ग्रहालय परिसरमा रहने सभाकक्षमा हरेक दिन आलोपालो गरी फरकफरक जातिको खाद्य परिकारसहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg