गृहपृष्ठ » News » बैंकको नजर इटहरीमा

बैंकको नजर इटहरीमा

 Posted by Itahari Fm | २०७१ बैशाख २७ | २९२ पटक

सुरेश घिमिरे
इटहरी, २७ वैशाख ः विजनेश हवका रुपमा विकास भइरहेको इटहरी क्षेत्र पछिल्लो समय बैंकहरुको नजरमा पर्न थालेको छ । विजनेशको प्रसस्त संभावना र सुरक्षाका कारण पनि बैंकहरुले आफ्नो ब्राञ्च विस्तारका लागि इटहरी क्षेत्र रोज्ने गरेका हुन् ।
नेपालमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये अहिले २० वटाका ब्राञ्च अफिसले इटहरीमा कारोबार गरिरहेका छन् । डेभलपमेन्ट बैंक, फाइनान्स बैंक, लघुवित्त विकास बैंक र ठूला सहकारी संस्थाहरुले समेत इटहरीमा आफ्नो कारोबार र शाखा विस्तार गरिरहेका छन् । चालु वैशाख महिनामा मात्र इटहरीमा दुई वटा बैंकहरुले आफ्नो शाखा विस्तार गरेका छन् ।bank and manager
केहि बर्ष अघिसम्म सामान्य बैंकिङ कारोबार गर्न बिराटनगर र धरान धाउनुपर्ने इटहरीबासीको बाध्यता अहिले बैंकहरु रोज्नसक्ने अवसरका रुपमा परिणत भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा बि एण्ड आर जुस उद्योगका सञ्चालक रोहित प्रसाईले बैंकहरु विस्तार हुनु इटहरीबासी र व्यवसायीहरुका लागि सुखद भएको बताए । ‘बैंकहरु थपिनु हाम्रा लागि बैंक छान्ने अवसर पनि हो’ उनले भने ‘अब इटहरी बैंकहरुको समेत शहर भएको छ ।’
बैंक विस्तार र बढ्दो कारोबारले इटहरीको आर्थिक गतिविधि, बचत गर्ने बानीको विकास र लगानीको संभावना बढ्दै गएको समेत पुष्टि गरेको आर्थिक विश्लेषक बताउछन् । इटहरीसँगै तिव्र रुपमा वस्ती विकास भइरहेको हाँसपोसा, खनार, एकम्बा गाविस र हालै नगरपालिका घोषणा भएको दुहवी समेतलाई लक्षित गरि इटहरीमा बैंकहरुले ब्राञ्च विस्तार गरिरहेको बैंकरहरु बताउछन् । वैशाख दोश्रो सातादेखि सञ्चालनमा आएको जनता बैंक नेपालका ब्राञ्च मेनेजर निश्चल अधिकारीले पनि इटहरी र आसपासका क्षेत्रमा भइरहेको वस्ती विस्तार र यो क्षेत्रमा रहेका विजनेशका कारण बैंकहरुले इटहरी रोज्ने गरेको बताए । बैंकहरुको विस्तारले इटहरी र आसपासका क्षेत्रमा बचत गर्ने बानीको समेत विकास हुदै गएको उनले बताए । उनका अनुसार बैंकहरुले स्थानियको जीवनस्तर उकास्न र व्यापारिक कारोबारमा समेत सपोर्ट पुर्याउने गरेका छन् । इटहरी र आसपासका क्षेत्रको वस्ती विस्तार, व्यापारीक कारोबार, उद्योग व्यवसायसँगै इटहरी क्षेत्र बढी सुरक्षित रहेकाले पनि बैंकहरुको रोजाईमा इटहरी पर्ने गरेको हो ।
अहिले इटहरीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, हिमालयन बैंक, नेपाल एस.वि.आई. बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, एनआईसी एशिया बैंक, माछापुच्छे« बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्राइम कमर्सियल बैंक, ग्रान्ड बैंक नेपाल, किष्ट बैंक, जनता बैंक नेपाल र सिभिल बैंकका ब्राञ्चहरु सञ्चालित छन् । अन्य १० वाणिज्य बैंकहरुले समेत इटहरीलाई शाखा विस्तारको संभावना क्षेत्रका रुपमा हेरेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg