गृहपृष्ठ » News » जण्डिसवाट सात जनाको मृत्यु

जण्डिसवाट सात जनाको मृत्यु

 Posted by Itahari Fm | २०७१ बैशाख २७ | २३५ पटक

pani2विराटनगर उपमहानगरपालिकाको विभिन्न ठाउमा फैलिएको जण्डिसवाट हाल सम्म सात जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालहरुमा करिव एक हजार  प्रभावित विरामीको उपचार भईरहेको छ ।

जण्डिस भनिने हेपाटाईटिस ‘ए’ र ‘इ’को संक्रमण दुषित पानी र खाद्य पदार्थको माध्यमले हुने गर्छ । हेपाटाईटिस ‘ए’ र ‘ई’ मा आखा र छाला पहेलो हुनु(जन्डीस), थकाई लाग्नु, पेट दुख्नु, खाने रुचीमा कमी, वाकवाकी लाग्नु, वान्ता हुन, झाडा पखाला लाग्नु, मध्यम ज्वरो आउनु, टाउको दुख्नु जस्तो लक्षण देखिन्छन । वैशाख यता जडिस भएकाहरु एक हजार पुगेका छन भने सात जनाको मृत्यु भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिले जानकारी दिनुभयो ।

जडिस प्रभावितहरुको हाल कोशी अंचल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोवेल मेडिकल कलेजे लगायतका ठाउमा भई रहेको इपिडिमियोलजीले जनाएको छ । इपिडिमियोलजीले जडिस प्रभावितहरु स्वास्थ्य परिक्षण गराउनुको साथै सामान्य खाना, आराम , व्यक्तिगत सरसफाइमा ध्यान , रक्सी सेवन नगर्ने र आफै औषधि सेवन नगर्दा चार देखी ६ सातामा निको हुने जनाएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg