गृहपृष्ठ » News » हिन्दु राष्ट्रका लागि बाबाहरुको दौडधुप

हिन्दु राष्ट्रका लागि बाबाहरुको दौडधुप

 Posted by Itahari Fm | २०७१ बैशाख २६ | २६१ पटक

IMG_6304सुरेश घिमिरे
इटहरी, २६ वैशाख ः वैशाख तेश्रो साता सुनसरीको चतरा आएका योगीराज पाइलट बाबाले नेपाल अझै हिन्दु राज्य नै रहेको बताए । उनले अब संवैधानिक रुपमै नेपाली र विश्वका हिन्दुहरुको चहना अनुसार नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिए । भारतबाट आएका अन्य हिन्दु धर्मका विद्धानहरुले पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिएका थिए ।
वैशाख पहिलो साता नै नेपाल आएका भारतका जगत गुरु सचितानन्द तिर्थ महास्वामीको भनाई पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने नै थियो । उनले नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह र मन्त्रीहरुसँगको भेटमा पनि हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिएका थिए । चतरामै भएको एक विद्धत सभाले हिन्दु राष्ट्र कायम गर्न दवाव सिर्जना गर्नुपर्ने निष्कर्ष समेत निकालेको थियो ।
वैदीक सनातन हिन्दु धर्ममाथि विभिन्न पक्षबाट पछिल्लो समय भइरहेको आक्रमण रोक्न पनि सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा धर्म विज्ञहरुले जोड दिएका थिए । नेपाल र भारतका जगतगुरुहरुका साथै सन्तहरुको टोली र नेपालकै विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा धार्मिक दर्शनका विज्ञहरुले हिन्दु धर्मको महत्व र यसमाथि भइरहेको प्रहार रोक्न पनि नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने निष्कर्ष निकालेका थिए ।
नेपाल र भारतका धर्म गुरुहरुले नेपाललाई हिन्दु राज्य बनाउन प्रधानमन्त्री शुशिल कोईराला समक्ष माग गरेका छन् । सुनसरीको इटहरी स्थित बुढी गंगा जमुना मुक्तिघाटको उद्घाटन तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सवका अवसरमा इटहरीमा भएको कार्यक्रममा धर्म गुरुहरुले अबको संविधानमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्नेमा जोड दिएका हुन् ।
IMG_6368यस्तै, सुनसरीको इटहरीमा चैतमा भएको श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सवका क्रममा समेत भारत र नेपालका हिन्दु बाबाहरुले प्रधानमन्त्री शुशिल कोईराला समक्ष नै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा भारतिय धर्मगुरुहरु सूर्यनारायण जी महाराज (सुरत), सदानन्द जी महाराज तथा नेपालका धर्मगुरुहरु सिद्धबाबा श्री १००८ कृष्णदास जी महाराज लगायतले नेपाल हिन्दु राज्य बन्नुपर्ने बताए थिए । कुनै पनि देशको संविधान, भाषा तथा धर्म र कानुन आफ्नो देश अनुसार हुने भन्दै धर्मगुरुहरुले नेपालमा पनि सनातन धर्म सम्प्रदायको अधिकार सुनिश्चित गर्ने गरि संविधान निर्माण हुनुपर्ने बताएका थिए । धर्म गुरुहरुले निरन्तर हिन्दु राज्य हुनुपर्नेमा जोड दिएपनि प्रधानमन्त्री कोइरालाले धर्म मान्ने स्वतन्त्रता जनतामै रहेको बताउनुपरेको थियो ।
पूर्वमा दुई महिना यता भएका धार्मिक कार्यक्रमहरुमा नेपाल तथा भारतका हिन्दु बाबाहरुको बाक्लीएको दौडधुप नेपाललाई हिन्दु राष्ट्र कायम गर्न दवाव सिर्जना गर्नमा नै बढी केन्द्रित भएको छ । विशेष गरि सुनसरीको चतरामा भएको महाकुम्भ मेला तथा इटहरीमा भएको श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव, इटहरीकै मानव कल्याण सत्संगमा भएका धार्मिक कार्यक्रमहरुका क्रममा धार्मिक बाबाहरुको दौडधुप बाक्लीएको थियो । त्यसक्रममा नेपालका राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री शुशिल कोईराला सहित मन्त्रीहरु, सचिवहरु र उच्च अहोदाका कर्मचारीहरुको सहभागीता समेत रहेकाले हिन्दु बाबाहरुले नेपाललाई हिन्दु राज्य बनाउन माग गरेका थिए । यो अवधिमा नेपालका प्रथम जगतगुरु बालसन्त, भारतका जगत गुरु सचितानन्द तिर्थ महास्वामी, योगीराज पाईटल बाबा, सिद्धबाबा भनिने कृष्णदास, मुक्तिनाथबाबा भनिने कमलनयनाचार्य लगायतका हिन्दु बाबाहरुले हिन्दु राज्यका लागि दवाव सिर्जना गर्ने काम गरेका छन् ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg