गृहपृष्ठ » News » जनता क्याम्पसको रजत जयन्ती हुने

जनता क्याम्पसको रजत जयन्ती हुने

 Posted by Itahari Fm | २०७१ बैशाख २६ | २७३ पटक

IMG_6522सुरेश घिमिरे
इटहरी, २६ वैशाख ः इटहरीकै पहिलो क्याम्पस जनता बहुमुखी क्याम्पसले आउदो जेठ २ गते रजत जयन्ती मनाउने भएको छ । क्याम्पस २५ बर्ष पुगेको अवसरमा विशेष कार्यक्रम सहित जयन्ती मनाइने क्याम्पस सञ्चालक समीतीले जानकारी दिएको छ ।
रजत जयन्तीको तयारी स्वरुप विभिन्न उपसमीती निर्माण गरि प्रतियोगिता, स्मारिका लेखन लगायतका कार्यहरु भइरहेको जनाईएको छ । क्याम्पसमा अहिले पूर्वका १६ वटै जिल्लाबाट आएर पढ्ने विद्यार्थीहरुको सहभागीता रहेको जनाईएको छ । क्याम्पस प्रमुख नारद उप्रेतीले पूर्वकै शैक्षिक क्षेत्रको उन्नतीका लागि क्याम्पसले विशेष भूमीका निभाउदै आएको बताउनुभयो ।
IMG_6521नेपाल विद्यार्थी संघ सुनसरीका सभापति विकास केसीले इटहरीकै पुरानो क्याम्पसको रजत जयन्ती जेठ २ गते रहेको भन्दै क्याम्पसले यस क्षेत्रको शैक्षिक विकासमा ठूलो योगदान पुर्याएको बताउनुभयो । यस्तै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य हेमसागर तिम्सीनाले जनता क्याम्पसले पुर्याएको शैक्षिक योगदानको उच्च मुल्यांकन गर्नुपर्ने भन्दै रजत जयन्ती त्यसका लागि राम्रो अवसर रहेको बताउनुभयो । रजत जयन्तीकै अवसरमा साता व्यापी खेलकुद लगायतका क्रियाकलाप पनि अहिले सञ्चालन भइरहेको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg