गृहपृष्ठ » News » प्रधानमन्त्री र नर्वेली प्रतिनिधिमण्डलबीच भेटवार्ता

प्रधानमन्त्री र नर्वेली प्रतिनिधिमण्डलबीच भेटवार्ता

 Posted by Itahari Fm | २०७१ बैशाख २६ | २०१ पटक

imagesप्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा जलविद्युत् लगानीका विषयमा छलफल भएको थियो । नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको दक्षिणपूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टिमा लायर उट्ने नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्नका लागि प्रधानमन्त्री कोइरालासँग जिज्ञासा राखेको थियो ।

भेटवार्तामा नर्वेली प्रतिनिधिमण्डलले नेपालमा ऊर्जालगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानीका लागि अझै उचित वातावरण निर्माण हुन नसकेको विचार राखेको थियो ।

प्रधानमन्त्री कोइरालाले भने दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाल शान्ति र स्थायित्वतर्फ उन्मुख भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । भेटवार्तामा नेपालका लागि नर्वेली राजदूत जेल टर्माेड पिटर्सन, हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम क्रिस्चियन लर्सन र निर्देशक सन्दीप शाहको सहभागिता थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg