सुरेश घिमिरे, इटहरी, २१ वैशाख ः बैंकिङ क्षेत्रमा असुरक्षा बढीरहेका बेला सुनसरीको इटहरी क्षेत्रमा भने बैंकका शाखाहरु विस्तार हुने क्रम बढीरहेको छ । आईतबार मात्र इटहरीमा क वर्गको जनता बैंकको २७ औं शाखा र अरनिको विकास बैंकको १२ औं शाखा सञ्चालनमा आएको छ ।
इटहरीमा बैंकहरु थपिनुलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिएपनि बैंकिङ क्षेत्रमा बढ्दै गएको असुरक्षाका कारण जनताले सुरक्षित मान्न सकिरहेका छैनन् । तर कर्मचारी सञ्चयकोषका प्रमुखका रुपमा काम गरिसकेका जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकिङ क्षेत्रबाटै देशको आर्थिक संमृद्धि र जनस्तर विकासमा ठूलो भूमीका खेल्न सकिने बताउनुभयो ।
पाँच दिन अघि मात्रै इटहरीकै कुमारी बैंकबाट एक व्यवसायीको पैसा चोरी भएको घटनाले बैंकिङ क्षेत्र पनि सुरक्षित छैन भन्ने सन्देश दिइरहेको बेला इटहरीमा एकै दिन दुई वटा ठूला बैंकको शाखा खोलिनुले इटहरी बैंकिङ गतिविधि हुने प्रमुख क्षेत्र रहेको भने पुष्टि गर्दै आएको छ । तर सुनसरीका प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बैकिङ क्षेत्र असुरक्षित भइरहेका बेला बैंकले पहिला सुरक्षामा ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाले सुरक्षा प्रत्याभूतीपछि मात्र अन्य कारोबार गर्न सजिलो हुने बताउनुभयो ।
कानुन मन्त्रालयका पूर्व सचिव तथा जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले जनताको सुरक्षा गर्ने जिम्मा सरकारको भएको भन्दै बैंकहरुलाई पनि सरकारले सुरक्षा दिनसक्नुपर्ने बताउनुभयो । उहाले आर्थिक क्रियाकलापका लागि बैंकिङ क्षेत्र अझै सुरक्षित नै रहेको बताउनुभयो ।
जनता बैंकको इटहरी शाखा उद्घाटनका क्रममा बैंकका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भट्टराई, शाखा प्रबन्धक निश्चल अधिकारी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाई सहित व्यवसायीहरु, शशस्त्र प्रह
रीका पूर्व क्षेत्र प्रमुख डिआईजी पुष्पराज केसी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै अरनिको विकास बैंकका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, अरनिको इटहरी शाखाका भिष्म गड्तौला लगायतको उपस्थिति रहेको थियो । उपस्थितहरुले बैंकिङ क्षेत्र सुरक्षित बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
गृहपृष्ठ » News » असुरक्षाबिच इटहरीमा बैंक विस्तार तिव्र
असुरक्षाबिच इटहरीमा बैंक विस्तार तिव्र
Posted by Itahari Fm | २०७१ बैशाख २१ | २७८ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




