गृहपृष्ठ » News » जनकपुर बमकाण्डका योजनाकार संजय शाह पक्राउ

जनकपुर बमकाण्डका योजनाकार संजय शाह पक्राउ

 Posted by Itahari Fm | २०७१ बैशाख २१ | २२९ पटक

aaजनकपुर बम काण्डका मुख्य योजनाकार एवम् सभासद् संजय शाह पक्राउ परेका छन। उनलाइ शनिबार राती नै भारतको सिमावर्ती जिल्ला मधुबनीबाट प्रहरीले पक्राउ गरेको हो। शाहलाइ बोर्डरपारीबाट पक्राउ गरि जनकपुर ल्याइसिकएको धनुषाका प्रहरी उपरीक्षक उतमराज सुवेदीले जानकारी दिएका छन।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार एवम् सभासद् संजय शाहलाइ  पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ। यता, संजय शाह पक्राउ परेको खबरले उनका समर्थकहरू जनकपुरको चोकचोक बसेका छन भने शाहका आफन्त जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेका छन।

२०६२ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरधाममा शान्तिपूर्ण धर्नामा बसिरहदा बम पड्किएर ५ जनाको ज्यान गएको थियो भने दर्जनौ घाइृते भएका थिए।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook