मनाङ मर्स्याङ्दी क्लव एएफसी प्रेसिडेन्ट्स कप अन्तिम संस्करणको फाइनल चरणमा पुगेको छ ।
सन् २००६ पछि पहिलो पटक प्रेसिडेन्ट्स कप खेलिरहेको मनाङका लागि एक खेल अगावै फाइनल चरणमा पुर्याउन मंगोलियाको आठ पटकको लिग च्याम्पियन इर्चिमले कम्बोडियाको सेभरिङ एफसीलाई ३-१ गोलको नतिजामा हराएपछि हात परेको हो । लगातार दुई हारपछि सेभरिङ भने बाहिरिएको छ ।
मनाङका प्रशिक्षक नवीन न्यौपानेले आफूहरुको लक्ष्य अनुसार सफलता हात लागेको बताए । उनले भने जुन उदेश्य लिएर आएका थियौं सफल भयौं । उनले थपे मनाडका फ्यान र समग्र नेपाली फुटवलका लागि यो उपहार हो । उनले अब समूह विजेता बन्न खेल्ने बताए । कप्तान सागर थापाले नेपाली फुटवलका थ्रीस्टार र पुलिस जस्ता टीमका अगाडी आफूहरु कमजोर नरहेको पुष्टि भएको बताए ।
आफूहरुको लक्ष्य अनुसार सफलता मिलेको उनले बताए । मनाडले सोमवार अन्तिम खेलमा इर्चिमसँग खेल्नेछ ।






