गृहपृष्ठ » News » कुमारी बैंक चोरी गर्ने अझै पक्राउ परेन

कुमारी बैंक चोरी गर्ने अझै पक्राउ परेन

 Posted by Itahari Fm | २०७१ बैशाख २० | ३३२ पटक

सुरेश घिमिरे, bank ma chori gardai gareko photoइटहरी, २० वैशाख ः सुनसरीको इटहरी स्थित कुमारी बैंकमा भएको चोरीको घटनामा संलग्न बालकलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । चोरी गर्दै गरेको र चोर्ने व्यक्तिको दृश्य समेत सिसि टिभि क्यामरामा कैद भएको भएपनि प्रहरीले चोरीमा संलग्न बालकलाई पक्राउ गर्न नसकेको हो ।
निकै सुरक्षा रहेको बैंक भित्र एक १४ बर्षिय बालकले बैंकमा पैसा जम्मा गर्न पुगेका व्यवसायीको ६ लाख ७० हजार रुपैया भएको व्याग गत बुधबार चोरेर भागेका थिए । बैंकका सुरक्षा गार्डकै अगाडिबाट पैसा सहितको व्याग बालकबाट चोरी भएपनि बैंकको सुरक्षा गार्ड र प्रहरी मुक दर्शक बनेका थिए । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक विद्यानन्द माझीले अनुसन्धान र खोजतलास भइरहेको बतानुभयो ।
प्रहरीले दुई जना बालकलाई पक्राउ गरि अनुसन्धान गरेपनि उनीहरुको अनुहार सिसि क्यामराको दृश्यमा नमिलेपछि छोडेको थियो । जग्गा व्यवसायी गोकुल प्रसाईले बैंककै कमजोरीका कारण आफ्नो पैसा चोरी भएको बताउदै आउनु भएको छ । बैंकका म्यानेजर मनिष श्रेष्ठले भने बैंकको सामान्य कमजोरी भएपनि चोरी गर्ने व्यक्तिले अगाडिदेखि नै प्रसाईलाई पिछा गरेको हुनसक्ने र पैसा भएको थाहा पाएरै चोरी गरेको हुनसक्ने बताउनुभएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg